सरला श्रेष्ठको गीति कविता “अधिकार बाँडिदेउ” सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार सरला श्रेष्ठको गीति कविता “अधिकार बाँडिदेउ” को अडियो भिडियो सार्वजनिक भएको छ । अन्तराष्ट्रिय नारी दिवसको दिनमा नेपाल चलचित्र विकाश बोर्डमा आयोजित कार्यक्रममा अधिकार बाडिदेउ शिर्षकको गीतलाई सार्वजनिक गरिएको हो ।

नेपाली सांगीतिक क्षेत्रका दिग्गज व्यक्तिहरुको उपस्थितीमा सार्वजनिक गरिएको गीतमा अहिलेकी चर्चित गायिका मिलन नेवारको स्वर लक्ष्मण पोखरेलको संगीत रहेको छ । वि.स. २०४४ सालमा प्रकाशित कविता संग्रह यात्रा शुभारम्भमा संकलित कवितालाई संगीतकार लक्ष्मण पोखरेलले सरल संगीतमा गीत तयार पारेका हुन् भने गायिका मिलन नेवारले गीत र संगीतको भावलाई मिठास तरीकाले स्वर दिएकी छन् ।

छोरा र छोरीबीचको भेदभावलाई अन्त्य गरौ छोरीलाई पनि छोरा समान हक र अधिकारबाट बन्चित नगरौ भन्ने सन्देश बोकेको गीतलाई वरिष्ठ संगीतकार राजु सिंह गीतकार संघका अध्यक्ष तथा वरिष्ठ गीतकार वशन्त वित्यासी थापाले एक भव्य समारोहकाबीचमा गीतलाई सार्वजनिक गरेका थिए ।

उक्त अवसरमा संगीतकार राजु सिंहले नेपाली संगीतले धेरै पछि एउटा कालजयी गीत पाएको र सांगीतिक क्षेत्रले एक उदयमान संगीतकार जन्माएकोमा खुसी व्यक्त गरेका थिए । गीतकार संघका अध्यक्ष वशन्त वित्यासी थापाले अधिकार बाडिदेउ गीतबाट नेपाली गीत संगीतले एक पटक फेरी सुन्दर सिर्जन पाएकोमा गीतकार संगीतकार गायिकालाई बधाई र सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसै गीतकी गीतकार सरला श्रेष्ठ भिडियो सन्देश मार्फत अतिथिहरुलाई स्वागत र गीतको बारेमा धारणा राखेकी थिईन । संगीतकार लक्ष्मण पोखरेल गीत तयार पार्दको रमाईला अनुभव र अनुभुति सुनाएका थिए । विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रममा कलाकारहरुलाई खाजा लगाएर सम्मान गरिएको थियो ।

लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको गीतमा दिल सार्कीको रेकर्डिङ किशोर थापाको मिक्सिङ रहेको छ । एवान म्युजियनका रेर्कर्ड भएको गीतलाई ओम प्रकाश अवस्थीले लेखन सम्पादन र निर्देशन गरेका हुन् । अमृता श्रेष्ठ सुमित्रा अधिकारी प्रशान्त हुमगाई सुक्रीत खतिवडा स्यारोन खतिवडाको अभिनय रहेको छ । म्युजिक भिडियोमा रक कौशल छायाकन अनिमेश गुरुङको मेकअफ लक्ष्मण भण्डारी राज घिसिङको प्रोडक्सन रहेको गीतलाई एसएस कृयशनले बजारमा ल्याएको हो ।

गीतकार सरला श्रेष्ठको प्रस्तुती रहेको गीत एसएस कृयशन युटुव च्यानलबाट प्रशारण गरिएको छ । उक्त गीतले हाम्रो समाजमा व्याप्त छोरा र छोरीको विभेदलाई अन्त्य गर्न थप मद्दत पुग्ने आशा राखेको गीतकार सरला श्रेष्ठले राखेकी छन् । गायिका मिलन नेवार पनि उक्त गीतबाट आफुले धेरै पछि एउटा राम्रो सृजनामा जोडिना पाएकोमा खुसी लागेको बताउछिन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

गायिका रिता बुढाथोकीको तीज बिशेष गीत “आमा मेरी आमा” सार्वजनिक

वि.सं.२०८२ असार २५ बुधवार १०:४६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

अर्जुन तिरुवाको नयाँ गीत “तिम्रो माया दिलमा राख्या छु” सार्वजनिक

अर्जुन तिरुवाको नयाँ गीत “तिम्रो माया दिलमा राख्या छु” सार्वजनिक

वि.सं.२०८२ असार २२ आइतवार १३:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...