न्यू लक्ष्मी ज्वेलर्स लन्डनकी सञ्चालिका लक्ष्मी राई विशेष अवार्डबाट सम्मानित

आफ्नो देश छोडेर अरुको देशमा रहेर पनि आफ्नो ब्यापार ब्यबसाय गर्दै आएकी लक्ष्मी राई लामो समय देखि समाजसेवाका काम गर्दै आएकी छिन न्यू लक्ष्मी ज्वेलर्सकि संचालिका लक्ष्मी राइले नेपालि गीत संगीत र कलाकारलाई पनि उतिकै माया र साथ् सपोट गर्ने गरिकी छन्। सरल स्वाभाब,दयालु,मेहनेती, सबैको भलो चाहने र आखामा राख्दा पनि नबिझाउने लन्डनमा आफ्नो छुटै पहिचान बनाउन सफल ब्यबसायी एक हुन् लक्ष्मी राई उनको अथा योगदान रहेको छ कुनै काममा सफल हुनमा मेहनत र योगदान चाहिन्छ ।

२९ औं विश्व आदिवासी दिवसमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेकी अध्यक्ष गोमा राना र न्यू लक्ष्मी ज्वेलर्सका प्रोपाइटर एवं समाजसेवी लक्ष्मी राई विशेष अवार्डबाट सम्मानित भएकी छन् ।

नेपाल आदिवासी जनजाति महासंघ ९नेफिन युके० सहित विभिन्न जातीय संघसंस्थाले आइतबार अल्डरसटको एम्पायर हलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राना र समाजसेवी राई ुवुमन अफ दि इयरु अवार्डबाट सम्मानित भएकी हुन् । अध्यक्ष रानालाई प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले ताम्रपत्र खादासहित सम्मान गरिन् । समाजसेवी राई भने व्यस्तताले कार्यक्रममा पुग्न नसकेकाले प्रतिनिधिमार्फत् सम्मान ग्रहण गरिएको थियो । यस्तै, गोर्खा सत्याग्रहका अभियन्ता ज्ञानराज राई र सञ्चारकर्मी अमृत थेपेलाई म्यान अफ इयर अवार्ड दिइएको थियो।

कार्यक्रममा नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ ९एनआरएनए० युकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ, नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहकार भक्तबहादुर दुरा, किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश राई, मगर संघ युके अध्यक्ष सीता पुन मगरलगायत विभिन्न संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, बुद्धिजीवी, सञ्चारकर्मीलगायतको बाक्लो उपस्थिति थियो ।

प्रमुख अतिथि नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख रोशन खनालले आदिवासी जनजातिले उठाएका माग तत्काल पूरा होस् भनी शुभेक्षा व्यक्त गरिन् । नेफिन केन्द्रका निवर्तमान सचिव एवं नेफिन युकेका सल्लाहका भक्तबहादुर दुरा प्रमुख वक्ता थिए ।

नेपाल आदिवासी जनजाति महासंघ–बेलायत (नेफिन युके), नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ बेलायत र आदिवासी जनजाति साहित्यकाररलेखक महासंघ बेलायतले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रम नेफिन युके महासचिव बिमला सेनीले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा राई र लिम्बुले झाँकी प्रदर्शन गरेका थिए भने मगर गट ट्यालेन्ट स्वेच्छा तिलिजा मगरले नृत्य प्रस्तुत गरेकी हुन्। नेफिन यूके अध्यक्ष शेर्पाले पुरस्कृत र सम्मानित व्यक्तिहरुलाई बधाई र सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...