संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” सम्पन्न, को को भए त निर्वाचित ?

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा अध्यक्ष सरेश चन्द्र अधिकारीको अध्यक्षता रहेको थियो भने नेपाल संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

 

औपचारिक कार्यक्रमको सञ्चालन चन्द्र शर्माले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ्चालन पिएन सापकोटाले गरेका थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, बरिष्ठ संगीतकार राजु सिंह, अग्रज गायक प्रेमराजा महत, ईन्द्रेणीका कृष्ण कंडेल, चलचित्र निर्देशक तथा गीतकार मदन घिमिरे, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर लगायत थुप्रै अग्रज तथा अनुज कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा सुवास रेग्मीले स्वागत मन्तब्य राखेका थिए भने महासचिव बद्री पाण्डेले संस्थागत प्रतिबेदन प्रस्तुत गर्दै भाबी योजनाका बारेमा जानकारी गराएका थिए । त्यस्तै कोषाध्यक्ष बसन्त सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

 

संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” बाट सुरेश चन्द्र अधिकारी पुनः अध्यक्ष पदमा निर्बिरोध रुपमा निर्वाचित हुन सफल भएका छन् भने संगीतकार निवर्तमान सदस्य तर्फ बसन्त सापकोटा, शिरिष देबकोटा र गीतकार निवर्तमान सदस्य तर्फ बि. पाण्डे (बद्री पाण्डे), चन्द्र प्रसाद शर्मा निर्बिरोध निर्वाचित हुन सफल भएका छन् । त्यस्तै “१४ औं वार्षिक साधारण सभा” को निर्वाचनबाट संगीतकार खुल्ला सदस्य तर्फ ३ जनामा पिएन सापकोटा, रामु खड्का (राम बहादुर), प्रसाद लामिछाने आदी बिजयी हुन सफल भएका छन् भने गीतकार खुल्ला सदस्य तर्फ ३ जनामा सुजन लम्साल, सुबास रेग्मी, प्रमोद ढुंगाना आदी बिजयी हुन सफल भएका छन् । निर्वाचन कमिटीको संयोजकको रुपमा सेमन्तमणी खराल रहेका थिए ।

 

सुरेश चन्द्र अधिकारी भन्छन् “आगामी दिनमा रोयल्टी संकलन र बितरण गर्ने अभियानलाई सबै सर्जक, स्रष्टाहरुले साथ दिन जरुरी छ । बिदेशमा जस्तो अरु कलाकारले रोयल्टी उठाउन सक्ने हो भने नेपाली कलाकारहरु बिदेश जानुपर्ने स्थिती आउदैन । तपाई हामी मिलेर राज्यको ढोका ढकढकाएर रोयल्टी संकलन तथा बितरणको नितीलाई कार्यान्वयन गराउन सकियो भने तपाई हामी पछि फर्किनु पर्ने अवस्था आउदैन । मलाई जस्तोसुकै भारी बोकाउनुहोस् भारी बोक्न तयार छु । स्रष्टा, सर्जकहरुको हक हितमा काम गर्ने छु । पुनः मलाई अध्यक्ष बनाउनु भएकोमा आभार प्रकट गर्दछु । साथै यो साधारण सभा सफल पार्न साथ दिनुहुने मेम्बरहरु, कर्मचारी, निर्वाचन कमिटी, सुरक्षाकर्मी लगायत सम्पुर्ण प्रती आभार प्रकट गर्दछु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...