संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” सम्पन्न, को को भए त निर्वाचित ?

काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” नेपाल प्रज्ञा भवन कमलादी, काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा अध्यक्ष सरेश चन्द्र अधिकारीको अध्यक्षता रहेको थियो भने नेपाल संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।

औपचारिक कार्यक्रमको सञ्चालन चन्द्र शर्माले गरेका थिए भने बन्द शत्रको कार्यक्रम सञ्चालन पिएन सापकोटाले गरेका थिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अम्मर बिरही गुरुङ, बरिष्ठ संगीतकार राजु सिंह, अग्रज गायक प्रेमराजा महत, ईन्द्रेणीका कृष्ण कंडेल, चलचित्र निर्देशक तथा गीतकार मदन घिमिरे, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर लगायत थुप्रै अग्रज तथा अनुज कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा सुवास रेग्मीले स्वागत मन्तब्य राखेका थिए भने महासचिव बद्री पाण्डेले संस्थागत प्रतिबेदन प्रस्तुत गर्दै भाबी योजनाका बारेमा जानकारी गराएका थिए । त्यस्तै कोषाध्यक्ष बसन्त सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संगीत रोयल्टी संकलन समाज नेपालको “१४ औं वार्षिक साधारण सभा” बाट सुरेश चन्द्र अधिकारी पुनः अध्यक्ष पदमा निर्बिरोध रुपमा निर्वाचित हुन सफल भएका छन् भने संगीतकार निवर्तमान सदस्य तर्फ बसन्त सापकोटा, शिरिष देबकोटा र गीतकार निवर्तमान सदस्य तर्फ बि. पाण्डे (बद्री पाण्डे), चन्द्र प्रसाद शर्मा निर्बिरोध निर्वाचित हुन सफल भएका छन् । त्यस्तै “१४ औं वार्षिक साधारण सभा” को निर्वाचनबाट संगीतकार खुल्ला सदस्य तर्फ ३ जनामा पिएन सापकोटा, रामु खड्का (राम बहादुर), प्रसाद लामिछाने आदी बिजयी हुन सफल भएका छन् भने गीतकार खुल्ला सदस्य तर्फ ३ जनामा सुजन लम्साल, सुबास रेग्मी, प्रमोद ढुंगाना आदी बिजयी हुन सफल भएका छन् । निर्वाचन कमिटीको संयोजकको रुपमा सेमन्तमणी खराल रहेका थिए ।

सुरेश चन्द्र अधिकारी भन्छन् “आगामी दिनमा रोयल्टी संकलन र बितरण गर्ने अभियानलाई सबै सर्जक, स्रष्टाहरुले साथ दिन जरुरी छ । बिदेशमा जस्तो अरु कलाकारले रोयल्टी उठाउन सक्ने हो भने नेपाली कलाकारहरु बिदेश जानुपर्ने स्थिती आउदैन । तपाई हामी मिलेर राज्यको ढोका ढकढकाएर रोयल्टी संकलन तथा बितरणको नितीलाई कार्यान्वयन गराउन सकियो भने तपाई हामी पछि फर्किनु पर्ने अवस्था आउदैन । मलाई जस्तोसुकै भारी बोकाउनुहोस् भारी बोक्न तयार छु । स्रष्टा, सर्जकहरुको हक हितमा काम गर्ने छु । पुनः मलाई अध्यक्ष बनाउनु भएकोमा आभार प्रकट गर्दछु । साथै यो साधारण सभा सफल पार्न साथ दिनुहुने मेम्बरहरु, कर्मचारी, निर्वाचन कमिटी, सुरक्षाकर्मी लगायत सम्पुर्ण प्रती आभार प्रकट गर्दछु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...