महाधिवेशन कहिले सम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक फरक प्रस्ताव

नेपाली काँग्रेसका शीर्ष नेताहरुबीच पार्टीको १४ औं महाधिवेशन सार्ने सहमति भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्ष सहित महाधिवेशन सार्ने सहमति गरेको हो ।

महाधिवेशन कहिले सम्म सार्ने भन्ने विषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक फरक प्रस्ताव अगाडि सारेका छन् । देउवा पक्षबाट महामन्त्री पूर्णबहादुर खड्काले आगामी मंसिरसम्म महाधिवेशन सार्ने गरी नयाँ कार्यतालिका ल्याउने प्रस्ताव राखेका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

नेता मिनेन्द्र रिजालले नयाँ कार्यतालिका ल्याउने सहमति भए पनि वडा अधिवेशन कहिलेबाट सुरु गर्ने भन्नेबारे समझदारी नभएको बताए । उनले ” भदौ १६ मा महाधिवेशन हुने कुरा त भएन । तर, अब वडा अधिवेशन कहिले सुरु गर्ने भन्नेमा विषयमा सहमति भएको छैन । यसमा फरक मत छ ।”

यस विषयमा समझदारी जुटाउन केन्द्रीय कमिटी बैठकअघि शीर्ष नेताबीच छलफल हुने रिजालले बताए । विहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने पूर्वनिर्धारित एजेण्डा छ ।

पौडेलले भने, “दशैं अगाडि महाधिवेशन सक्नैपर्छ । विधानलाई हेला गर्न पाइँदैन । संविधानलाई उपेक्षा गर्ने पाइँदैन ।” क्रियाशील सदस्यताको विवाद टुङ्ग्याएर मात्र सोहीअनुसार नयाँ कार्यतालिका ल्याउनुपर्ने पौडेलले बताए । उनले भने, “कार्यतालिका मात्र ल्याएर क्रियाशील सदस्यता टुंगिएन भने त्यो कार्यतालिकाले पनि पहिलेकै जस्तो हावा खान्छ । पहिलेको कार्यतालिकाले जसरी हावा खाएर कार्यान्वयन हुन सकेन । क्रियाशील सदस्यता​ नटुंग्याई कार्यतालिका ल्याइए यो पनि त्यही अवस्थामा पुग्छ । क्रियाशील सदस्यता टुंग्याएपछि मात्र कार्यतालिको अर्थ हुन्छ ।”

तर, महामन्त्री पूर्णबहादुर खड्काले भने विहीबारको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका पेस हुने बताए । उनले भने, भोलि कार्यतालिका र निर्देशिका पेस हुन्छ । निर्देशिकाको काम गर्ने साथीहरु लागिराख्नुभएको छ ।

९९ प्रतिशत क्रियाशील सदस्यता विवाद टुंगिएकाले महाधिवेशन कार्यतालिका ल्याउने खड्काको दाबी छ । उनले भने, “कार्यतालिकाबारे आज छलफल भए पनि भोलि बैठक अगाडि छलफल गरेर कार्यतालिका पेश हुन्छ ।”

खड्काका अनुसार निर्वाचन समितिले मागेको समय अनुसार कार्यतालिका हेरफेर हुन्छ । निर्वाचन समितिले वडा अधिवेशन देखि महाधिवेशन गर्ने मागेको समयलाई आधार बनाएर महाधिवेशनको नयाँ कार्यतालिका मैले पेश गर्छु,ु खड्काले भने ।

निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले क्रियाशील सदस्यको सूची प्राप्त गरेको ५६ दिनमा वडा अधिवेशनदेखि महाधिवेशन गर्न सकिने रातोपाटीलाई बताए । उनले भने, ुहामीले ५६ दिनको समय मागेका छौं । निर्वाचन समितिको धेरै काम हुन्छ । ५६ दिन त चाहिन्छ नै । किनभने वडामा क्रियाशील सदस्यताको सूची पाएको २० दिनपछि मात्र वडा अधिवेशन गर्न सकिन्छ ।ु

उनका अनुसार केन्द्रीय समितिबाट अनुमोदन भएपछि निर्देशिका छापेर देशभर वितरण गर्नुपर्छ । निर्वाचन प्रतिनिधि खटाउँदा जनसंख्याका हिसाबले प्रतिनिधित्व हुने भनिए पनि त्यसको डाटा तयार हुन सकेको छैन । त्यसका लागि पार्टी विधानका केही बुँदामाथि बाधा अड्काउ फुकाउको निर्णय लिनुपर्नेछ । त्यसको मस्यौदा तयार गरी केन्द्रीय समितिले निर्णय गर्नुपर्छ । निर्वाचन समितिका अनुसार त्यो काम पनि हुन सकेको छैन । निर्वाचन समितिले विभिन्न प्रमाणपत्र र डकुमेन्टको व्यवस्थापन गरी छाप्ने काम हुन बाँकी छ ।

अहिलेसम्म ७७ वटै जिल्लाका लागि निर्वाचन अधिकृत तोक्ने काम पनि हुन सकेको छैन । ७७ जिल्लाबाट प्रत्येक वडाका लागि मतदान अधिकृत तोक्ने काम बाँकी छ । आफूहरुले उक्त काम गर्न २० दिन समय चाहिने यादवले बताए । काँग्रेसको महाधिवेशनको तयारी र सरकारमा पठाउने मन्त्रीहरुका विषयमा छलफल गर्न विहीबार केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

लघु चलचित्र “आश्रम” र मर्मस्पर्शी गीत “कति बस्छौ माइतीघर” को म्युजिक भिडियोको प्रिमियर शो सम्पन्न

वि.सं.२०८३ साउन २४ आइतवार ०६:५०

काठमाडौं । लघु चलचित्र "आश्रम" र मर्मस्पर्शी गीत "कति बस्छौ माइतीघर"...

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

रमेश बिक्रम रत्नको पृथक तीज कोसेली “नाचिदेउ गौथली” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:४०

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

आशा बिश्वकर्मा लगायत अन्य कलाकारहरुको अभिनयमा मौलिक तीज गीत “मै प्यारी छोरी” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार १२:०७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

प्रबिन खड्काको नयाँ गीत “मानपुर रामेछाप” सार्वजनिक

वि.सं.२०८३ साउन २३ शनिवार ११:२६

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...