फास्टफुड एशोसियसन नेपालद्धारा राजनारायण श्रेष्ठको निधनको १३ औं पुन्य तिथिको अवसरमा “श्रद्धाञ्जली सभा” सम्पन्न

काठमाडौं । फास्टफुड एशोसियसन नेपालको आयोजनामा सामाजिक ब्यक्तित्व “राजनारायण श्रेष्ठको १३ औं पुन्यतिथीको अवसरमा श्रद्धाञ्जली सभा” रिपोटर्स क्लव नेपालको हलमा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभामा फास्टफुड एशोसियसन नेपालका अध्यक्ष राज कुमार श्रेष्ठ रहेका थिए भने संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छा राम) को प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी पुर्व आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल संस्थापक अध्यक्ष तारा राम श्रेष्ठ, निवर्तमान अध्यक्ष केश बहादुर श्रेष्ठ, स्व. राजनारायण श्रेष्ठ की श्रीमती रमिता श्रेष्ठ, निजका छोरा कृष्ण श्रेष्ठ निजका दाई हरि नारायण श्रेष्ठ, निजका छोरीहरु अञ्जना, मिना, शान्ती, लक्ष्मी लगायत अन्य ब्यक्तिहरुको बिशेष आतिथ्यता रहेको थियो ।

 

श्रद्धाञ्जली सभामा समाजसेबी ब्यक्तिहरु र पत्रकारहरुको पनि उपस्थिती रहेको थियो । राजनारायण श्रेष्ठको जन्म २०३० पुस १४ गते भएको थियो भने २०८० पुस १० गते निधन भएको थियो । ५० बर्षको अल्पायुमा निधन भएका राजनारायण श्रेष्ठ यसै संस्थाका संस्थापक सदस्य एबं पुर्व महासचिव रहेका थिए । उनले कुशल ब्यवस्थापक, सामाजिक अभियन्ता, असल अभिभावक, आदर्श महान नेताको छबी बनाएका थिए । साथै लायन्स क्लव अफ रामेछापका अध्यक्ष हुनुका साथै बिभिन्न ३ दर्जन जती संघ संस्थामा आबद्ध रही सामाजिक कार्य गर्दै आएका थिए । त्यसका साथ साथै उनले ब्यवसायलाई पनि निरन्तरता दिएका थिए । श्रद्धाञ्जली सभामा प्रमुख अतिथी, बिशेष अतिथी, आयोजक टिम लगायत अन्य ब्यक्तिहरुले तस्बिरमा मालार्पण गरेर श्रद्धाञ्जली दिएका थिए ।

 

संस्थाको पदमा रहदा वा नरहदा पनि संस्थालाई गतिशिल बनाउन निरन्तर लागी पर्ने, धेरै सदस्यहरु बनाई सदस्यहरुको समस्या समाधान गर्न सफल भएको, संस्थाको जग्गा खरिद गर्न लागी परेर जग्गा खरिद गर्न सफल भएको, संस्थाले रेस्टुरेन्टको कर्मचारीलाई तालिम प्रदान गरेको, संस्थालाई देशब्यापी बनाउन लागी परेको लगायत अन्य कुराहरु संस्थापक अध्यक्ष, वर्तमान अध्यक्ष र पुर्व अध्यक्षहरुले जानकारी गराएका थिए ।

 

 

सोही अवसरमा “व्यवसायिक सुरक्षा कोषको आन्तरिक बिमा” बापत प्राप्त हुने रकम १ लाख रुपैयाँ पनि उहाँको परिवारलाई हस्तान्तरण गरेको थियो । १ लाख रुपैयाको चेक हस्तान्तरण भएपछि निजका छोरा कृष्ण श्रेष्ठले सो रुकममा आफ्नो परिवारको तर्फबाट १ लाख रुपैया थप गरी २ लाख बनाएर सामाजिक कार्यमा बुवाको नाममा लगानी गर्ने कुरा जानकारी गराएका छन् ।

 

फास्टफुड एशोसियसन नेपालद्धारा आयोजित श्रद्धाञ्जली सभाको प्रमुख अतिथीको रुपमा रहेका संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छा राम) भाबुक हुँदै रुदै भने “उहाँ जिवित भएको भए अझै केही गर्नुहुन्थ्यो । एकदम जोशिलो हुनुहन्थ्यो । समाजको लागी केही गर्छु भन्ने हिम्मत थियो । उहाँको निधनले मेरो आँशु आएको छ । उहाँले राम्रो कामहरु र बिभिन्न संघ संस्थाहरुलाई योग्दान दिनुभएको थियो र अहिले सम्मान पाउनु भएको छ । उहाँको निधन हुँदाको दिनमा पार्टी र बिभिन्न संघ संस्थाहरुबाट ठुलो योग्दान दिएको भएर ठुलो सम्मान पाउनु भएको थियो । उहाँले जस्तो ठुलो सम्मान रामेछापमा कस्ले पाएको थियो र अरुले आगामी दिनमा पाउने पनि छैनन् । सम्मान पाउनलाई आफुले केही योग्दान दिनै पर्छ, त्यसको मुल्यांकन निधन पछि मात्र हुने गर्दछ । उहाँको परिवारले चाहेको बेला म जतिबेला पनि उपस्थित हुनेछु । म बाट हरेक कुरामा सक्दो सहयोग हुनेछ भन्ने प्रतिबद्धता जनाउदछु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...