बक्सिङका अन्तराष्ट्रिय निर्णायक मैनाली “राष्ट्रिय खेलकुद सम्मान – २०८१” बाट सम्मानित ।

काठमाडौं। बक्सिगं खेलका अन्तराष्ट्रिय निर्णायक धनकुमार मैनाली “राष्ट्रिय खेलकुद सम्मान – २०८१” बाट सम्मानित भएका छन् । मैनाली लामो समय देखी बक्सिगंको निर्णायकको भुमिकामा सक्रिय रहदै आएका छन्।

“राष्ट्रिय खेलकुद सम्मान – २०८१” बाट सम्मानित मैनाली ब्यवसायीक रुपमा सन् २०१३ अप्रिल २३ मा भक्तपुर जिल्ला बक्सिगं संघले आयोजना गरेको राष्ट्रिय बक्सिगं रेफ्रि/जज सर्टिफिकेशन कोर्ष पुरा गर्दै राष्ट्रिय निर्णायकको भुमिकामा निरन्तर कार्यरत छन्। मैनालीले २०१९ मा IBA वान स्टार रेफ्री/जज पास गर्दै अन्तराष्ट्रिय निर्णायतको लाईसन्स प्राप्त गरेका थिए ।

लगतै नेपालमा आयोजित १३ औ साग गेम्समा बक्सिगंको रेफ्रि/जजको भुमिका पुरा गरे, २०२१ मा थाईल्याण्डले आयोजना गरेको अन्तराष्ट्रिय बक्सिगं च्याम्पियनशिप २०२१ मा निर्णायकको भुमिका पुरा गरे, २०२२ मा बैकंकमा आयोजिज यु-२२ ASBC एशियन च्याम्पियनशिपमा आयोजित IBA २ स्टार रेफ्रि/जज शर्टिफिकेशन कोर्ष पुरा गर्दै नेपालकै पहिलो एकमात्र २ स्टार रेफ्रि/जज बन्न सफल भएका थिए । त्यसपछि उनले ब्राजिल, इन्डिया, भुटान, दुबई, उज्बेकिस्तान, बुल्गेरीया, थाईल्यान्ड जस्ता देशहरुमा आयोजित अन्तराष्ट्रिय बक्सिगं प्रतियोगितामा कुशलता पुर्वक निर्णायकको भुमिका पुरा गरेका थिए ।

मैनालीले २०२४ मा काजकिस्तानमा आयोजिज यू-२२ बक्सिगं च्याम्पियनशिपमा ३ स्टार रेफ्रि/जज शर्टिफिकेशन कोक्ष पुरा गर्दै नेपालकै पहिलो ३ स्टार रेफ्रि/जज बन्न सफल भएका थिए । त्यसपछि मन्टेनिग्रो को बुड्वा शहरमा आयोजित IBA युथ विश्व बक्सिगं च्याम्पियनशिपमा निर्णायकको भुमिका पुरा गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष माननीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद सम्मानबाट एक कार्यक्रमबीच मन्त्रालयको सभा हलमा सम्मानित भएका हुन् ।

सोही अवसरमा खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट खेलकुद पत्रकारलाई पनि सम्मान गरिएको थियो। सो अवसरमा राखेपका कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राखेपका सदस्य हिमालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...