चर्चित गायिका रिता केसीको नयाँ गीत “मर्दैन माया” सार्वजनिक
 
								वि.सं.२०८२ असार १४ शनिवार ०७:२६
 
				
				काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायिका रिता केसीको नयाँ गीत “मर्दैन माया” सार्वजनिक भएको छ।
यस गीतमा रिता केसीको स्वर रहेको छ भने झलक भट्टको शब्द, पवन रानाभाटको संगीत रहेको छ। भिडियोमा राम कुमार केसीको निर्देशन रहेको छ भने उमेश बहादुर शाहको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा बिक्रम बुढाथोकी र रिता केसीको अभिनय रहेको छ। यस गीतलाई रिता केसीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
 
							वि.सं.२०८२ असार १४ शनिवार ०७:२६
 
				 
						 














