लैंङिगक समानता तथा समावेशीकरण सम्बन्धी ३ दिने कार्यशाला सुरु काठमाडौं

लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलता सम्बन्धी तीन दिने कार्यशाला आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । मर्यादा मिडियाको आयोजनामा सातै प्रदेशका दलित महिलाको सहभागितामा सुरु भएको कार्यशालामा दलित समुदायका राजनीतिक, सामाजिक तथा पेसागत जीवनमा सक्रिय ३५ जना महिलाको सहभागिता छ ।

कार्यशालाको संविधान सभा सदस्य कमला विश्वकर्मा, बागमती प्रदेशसभा सदस्य शोभा शाक्य, मधेसी दलित महासंघकी केन्द्रीय सदस्य गीता पासवान, एसियन जेण्डर ट्रेनिङ केआईजिएपीइ २० फेलो सावित्रा परियार, १९ फेलो अन्जु कँडेल र मर्यादा मिडियाका अध्यक्ष प्रकाशचन्द्र परियारले संयुक्त रुपमा उद्घाटन गरेका थिए । महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा राखेर विविधताको प्रवर्द्धन गरिरहेको मर्यादा मिडियाले दलित महिला भित्रको विविधतालाई वकालत सुरु गरेको छ । समारोहमा हिमाल, पहाड, मधेस, नेवारी सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न नयाँ पहल सुरु भएको आयोजकले बताएको छ ।

वक्ताहरूले दलित समुदायभित्रका महिलाको सशक्तीकरणमा राज्य, सबै दल, निजी क्षेत्र र गैर सरकारी क्षेत्रको विशेष पहल हुनु पर्नेमा जोड दिए ।लैङ्गिक, जातीय र आर्थिक रूपमा त्रिकोणात्मक मार खेपिरहेको दलित महिलाका सवाल अब राज्यका सवाल बनाउन नसके समतामूलक संवृद्धिको कल्पना पनि गर्न नसकिने वक्ताहरूको टिप्पणी थियो । ३ दिनसम्म चल्ने कार्यशालामा मानव अधिकार, सामाजिक न्याय लैङ्गिक समानता, समावेशीकरण र मानव मर्यादाका विविध पाटोबारे विषय विज्ञबाट अन्तर्कृयात्मक प्रशिक्षण दिइनेछ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...