अग्निपुञ्जको “हामी लड्छौं देशकै लागि” गीत सार्बजनिक

अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधीको शोध अनुसन्धान गरिरहेका हरि प्रकाश चन्द “अग्निपुञ्ज” को देशभक्तिपुर्ण गीत “हामी लड्छौं देशकै लागि” सार्बजनिक भएको छ ।

गत शुक्रबार सार्बजनिक भएको गीतको शब्द रचना अग्निपुञ्जले गरेका हुन् भने स्वर र संगीत गायक भरत परियारको रहेको छ ।

बिग परिवेश रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको एरेञ्जर लक्षु प्रकाश मल्ल, मिक्सिङ्ग मनोज डंगोलले गरेका हुन् । उक्त गीतको भिडियोमा कलाकारहरु बिजय केसी र गीता केसीको अभिनय रहेको छ । नरेन्द्र धामीको निर्देशन रहेको गीतमा छायांकन तथा सम्पादन सरोज शाही ठकुरीको रहेको छ भने उक्त गीतको भिडियो कृष्ण भट्टराई र राज कुमार लामाले निर्माण गरेका हुन् ।

देश अत्यन्तै कठिन मोडमा रहेको, राजनीतिक दल र नेताहरुले देशलाई सहि दिशा दिन नसकेको, देशमा अन्याय, अत्याचार र बेथितीले सिमा नाघेकोले गीत संगीतको माध्यमबाट जनतालाई जागरुक बनाउने उद्देश्यले यस गीत लेखिएको कुरा रचनाकार अग्नि पुञ्जले बताए ।

गीतले छिमेकी देशहरुको नेपाल प्रतिको ब्यबहारलाई पनि झल्काएको छ । दशकौं देखि भारतिय सेनाहरु नेपालको कालापानी छेत्रमा बसिरहेको नेपालको भुगोल माथि अतिक्रमण गरेकोले उक्त भुभाग नेपाललाई व्यबहारिक रुपमै नेपाललाई फिर्ता गर्न अपील‌ गरिएको छ ।

गीतले नेपालीहरुको गुटबादी, फुटबादी र खुट्टा तान्ने प्रवृतीको समेत खरो बिरोध गरेको छ । समग्रमा देशप्रति भक्तिभाव देखाइएको उक्त गीत Kripa TV ले प्रस्तुत गरेको हो भने सो गीत आम नेपालीको गीत हुन सकोस् भन्ने आफ्नो चाँहना रहेको रचनाकार अग्निपुञ्जले बताए ।

सोही गीतको भिडियो हेर्नका तलको लिन्क क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

उपत्यका समन्वय समितीको “२० औं वार्षिक साधारण सभा तथा सातौं अधिबेशन – २०८२” मा प्रसाद लामिछाने निर्वाचित, अन्य कुन कुन पदमा को को निर्वाचित भए त ?

वि.सं.२०८२ मंसिर २१ आइतवार १२:५१

प्रकाश बराईली "अभिब्यक्ति" काठमाडौं, नेपाल   राष्ट्रिय लोक तथा दोहोरी...

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

पार्वती बिश्वकर्मा र राम परियारको स्वरमा पृथक गीत “उनिको स्विटर” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:१०

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

सुजन म्युजिक प्रा. लि.को आयोजनामा “तेस्रो इन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०८२” का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक (बिबरण सहित)

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०८:४४

काठमाडौं। "सुजन म्युजिक प्रा. लि.को आयोजनामा "तेस्रो इन्डो नेपाल सुजन...

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

अमृत रामदामको मौलिक गीत “बासीहालो बिहानै भाले” सावजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:२३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

रमेश बिक्रम रत्नको नयाँ गीत  “टेम्पो ढोलकी” अघी सार्वजनिक

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०६:०७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

क्रोयसियाको इभान्कोभो स्थित रेलको ठक्करबाट एक नेपालीको मृत्यु

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०५:३५

भिम ओलि युरोप सम्बाददाता (क्रोयसिया)   क्रोयसियाको इभान्कोभो स्थित रेलको...