अग्निपुञ्जको “हामी लड्छौं देशकै लागि” गीत सार्बजनिक

अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधीको शोध अनुसन्धान गरिरहेका हरि प्रकाश चन्द “अग्निपुञ्ज” को देशभक्तिपुर्ण गीत “हामी लड्छौं देशकै लागि” सार्बजनिक भएको छ ।

गत शुक्रबार सार्बजनिक भएको गीतको शब्द रचना अग्निपुञ्जले गरेका हुन् भने स्वर र संगीत गायक भरत परियारको रहेको छ ।

बिग परिवेश रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको एरेञ्जर लक्षु प्रकाश मल्ल, मिक्सिङ्ग मनोज डंगोलले गरेका हुन् । उक्त गीतको भिडियोमा कलाकारहरु बिजय केसी र गीता केसीको अभिनय रहेको छ । नरेन्द्र धामीको निर्देशन रहेको गीतमा छायांकन तथा सम्पादन सरोज शाही ठकुरीको रहेको छ भने उक्त गीतको भिडियो कृष्ण भट्टराई र राज कुमार लामाले निर्माण गरेका हुन् ।

देश अत्यन्तै कठिन मोडमा रहेको, राजनीतिक दल र नेताहरुले देशलाई सहि दिशा दिन नसकेको, देशमा अन्याय, अत्याचार र बेथितीले सिमा नाघेकोले गीत संगीतको माध्यमबाट जनतालाई जागरुक बनाउने उद्देश्यले यस गीत लेखिएको कुरा रचनाकार अग्नि पुञ्जले बताए ।

गीतले छिमेकी देशहरुको नेपाल प्रतिको ब्यबहारलाई पनि झल्काएको छ । दशकौं देखि भारतिय सेनाहरु नेपालको कालापानी छेत्रमा बसिरहेको नेपालको भुगोल माथि अतिक्रमण गरेकोले उक्त भुभाग नेपाललाई व्यबहारिक रुपमै नेपाललाई फिर्ता गर्न अपील‌ गरिएको छ ।

गीतले नेपालीहरुको गुटबादी, फुटबादी र खुट्टा तान्ने प्रवृतीको समेत खरो बिरोध गरेको छ । समग्रमा देशप्रति भक्तिभाव देखाइएको उक्त गीत Kripa TV ले प्रस्तुत गरेको हो भने सो गीत आम नेपालीको गीत हुन सकोस् भन्ने आफ्नो चाँहना रहेको रचनाकार अग्निपुञ्जले बताए ।

सोही गीतको भिडियो हेर्नका तलको लिन्क क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...