“५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २१ मार्च २०२२” देशभर नारा जुलुस र कोण सभा सहित मनाईयो

प्रकाश बराईली “अभिब्यक्ति”

काठमाडौं, नेपाल

“५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २१ मार्च २०२२” देशभर नारा जुलुस र कोण सभा सहित सम्पन्न भएको छ । काठमाडौंमा बिभिन्न राजनितिक दलका भातृ संगठनहरु, बिभिन्न संघ संस्थाहरु र दलित नेताहरु र पत्रकारहरुको उपस्थितीमा सो दिवस मनाईएको छ ।

सो दिवसको अवसरमा भृकुटी मण्डपबाट र्याली सुरु भई रत्नपार्क, शान्ती बाटीकामा गई कोण सभामा परिणत भएको थियो । यस दिवसमा काठमाडौंमा रहेका ६५ वटा भन्दा बढी संघ संस्थाहरुको संलग्नता रहेको थियो । कोण सभा अधिवक्ता एबं का राष्ट्रिय अध्यक्ष त्रिलोक चन्द बिश्वास बिकको अध्यक्षतामा भएको थियो भने प्रमुख वक्ता पुर्व मन्त्री माननिय मिन बिश्वकर्मा रहेका थिए ।

“५७ औं अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस २१ मार्च” को अवसरमा दलित समुदाय माथी भईरहेको बिभिन्न प्रकारका घट्ना र बिभेदको बारेमा बोल्दै आगामी दिनमा यस्ता घट्नाहरु घट्न नदिनुका साथै सबैलाई सचेत गराउनुहुन वक्ताहरुले सरकारलाई अपिल गरेका थिए । संबिधान र कानुन मात्र बनाएर नहुने त्यसलाई पनी कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने, दलितहरुको माग पुरा नभए फेरी देशभरका सडकहरुमा आन्दोलन हुने दलित नेताहरुले चेतावनी समेत दिएका थिए ।

कोण सभामा बोल्दै प्रमुख वक्ता पुर्व मन्त्री माननिय मिन बिश्वकर्मा भन्छन् “सरकारले जे चाह्यो त्यो हुन्छ । सरकारले हरेक प्रकारका निति नियम परिवर्तन गरेको छ र कार्यान्वयन पनि गराएको छ । तर दलित समुदायको बिषयमा बल्ल तल्ल निति नियम बनायो । यो निति नियमले हुँदैन, कानुन संसोधन भई कार्यान्वयन हुनुपर्छ । कानुन संसोधन भएन र कार्यान्वयन भएन भने हामी देशब्यापी रुपमा आन्दोलन गर्ने छौ । कानुन संसोधन गराउन र कार्यान्वयन गराउन सरकारको ढोका ढकढकाउन हामी सधै तयार छौं ।”

कोण सभाको सभापती एबं अधिवक्ता अध्यक्ष त्रिलोक चन्द बिश्वास बिक बोल्दै गैरदलितहरुले दलितहरु सँग बसेर खाएर मात्र हुँदैन । दलितलाई आफ्नो घरमा बोलाएर खाना खुवाउन सक्नु पर्यो । सबै मानिस एकै हो, मानव जातीमा कुनै भिन्नता छैन भन्ने कुरा बझ्न जरुरी छ । रुकुमको जस्तो नरसंहार घट्ना लगायत हाल सम्म घटेका घट्नाहरु आगामी दिनमा नघटोस् भन्ने कुरामा जोड दिए । साथै सम्मातिन अदालतले दलितको मुद्धामा सम्बोधन गर्न आदेश दिएतापनि कार्यन्वयन नभएको कुरा बताउदै उनले दुख ब्यक्त गरे ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...