अखिल नेपाल खेलकुद महासंघ ललितपुरद्वारा स्वर्गीय बेेखा बहादुर महर्जनको स्मृतिमा स्मृति र्‍यापिड चेस प्रतियोगिता गर्ने

ललितपुर, भदौ १५ । स्वर्गीय बेेखा बहादुर महर्जनको स्मृतिमा ‘बेेखा बहादुर महर्जन स्मृति र्यापिड रेटिङ बिलो १९०० चेस प्रतियोगिता’ ललितपुरमा हुने भएको छ । 

 

फिडे इभेन्ट कोड नं. ४३७९४८  अन्तर्गत हुने प्रतियोगिता आगामी २०७९ असोज २ र ३ गते (सेप्टेम्बर १८ र १९, २०२५) मा ललितपुर–२९ हरिसिद्धि फ्यामिली रिसोर्टमा आयोजना हुने आयोजकले जानकारी दिएको छ ।  प्रतियोगिता स्विस प्रणाली अनुसार ९ राउन्डमा खेलाइनेछ । प्रत्येक खेलमा १० मिनेट प्लस १० सेकेन्ड समय नियंत्रण रहनेछ ।

 

टाइ–ब्रेकका लागि प्रत्यक्ष भेट, बुचहोल्ज, बुचहोल्ज कट २ र बढी जितको आधार प्रयोग गरिनेछ ।  प्रतियोगितामा उत्कृष्ट १९ खेलाडीलाई गरी कुल नगद रु. १ लाख ११ हजार पुरस्कार वितरण गरिनेछ ।  • खुला वर्गमा पहिलो हुनेले रु. २०,०००,  • दोस्रो हुनेले रु. १५,०००,  • तेस्रो हुनेले रु. १०,०००  • चौथो हुनेले रु. ८,०००  • पाँचौं हुनेले रु. ६,००० पाउनेछन् भने  • छैटौं देखि दशौं स्थानसम्मका खेलाडीलाई जनही रु. ५,००० दिइनेछ ।  त्यस्तै, विभिन्न कोटिमा पनि उत्कृष्ट खेलाडीलाई पुरस्कार राखिएको छ । 

 

• उत्कृष्ट ललितपुर : रु. ४,०००  • उत्कृष्ट स्थानीय : रु. ३,०००  • उत्कृष्ट भेट्रान (५५ वर्षमाथि) : रु. ३,०००  • उत्कृष्ट अनरेटेड र महिला : रु. ३,०००–३,०००  • उत्कृष्ट १८०० मुनि र १७०० मुनि : रु. ३,०००–३,०००  • उत्कृष्ट यू–१६ / यू–१४ : रु. २,५००–२,५००  प्रवेश शुल्क स्थानीय, महिला तथा यू–१६ खेलाडीका लागि रु. ५०० र अन्य खेलाडीका लागि रु. १,००० तोकिएको छ । आवेदन दिने अन्तिम मिति २०७९ भदौ ३१ गते, मंगलबार हो । 

 

प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि श्याम शरण महर्जन (९८५११७६५३३) र मुख्य निर्णायक ग्यानेन्द्र खैजु (९८४१४३२९४२) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

रियल हिरो पल शाहको हातमा हत्कडी (भिडियो सहित)

वि.सं.२०८२ कात्तिक ९ आइतवार ०८:१३

भारतमा बैंक लुटेको आरोपमा नायक पल शाहको हातमा हत्कडी लागेको...

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

गायक मिन प्रकाश ओलीको नयाँ गीत “दिदि भाई” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार १२:१५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

भिम गुरुङको नयाँ गीत “चुम्बक झै जोड” सार्वजनिक

वि.सं.२०८२ कात्तिक १ शनिवार ११:५७

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

सह–सयोजक अर्जुन शाही र प्रवक्ता टंक धामीको नेतृत्वमा बार्ता टोली गठन हुँदै

वि.सं.२०८२ असोज २५ शनिवार १०:५५

काठमाडौं । नेपालको भू–अधिकार र राष्ट्रिय स्वाभिमानलाई कूटनीतिक मार्गबाट स्थापित...

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

लोकप्रिय गायिका निशा सुनारको लोक दोहोरी गीत “फुल झै जोबन” सार्वजनिक

वि.सं.२०८२ असोज २३ बिहीवार १०:४८

काठमाडौं। हिन्दुहरुको महान पर्व बडा दशैं सकिए लगत्तै नेपाली गीतहरु...

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

राजिब चौलागाँइको नयाँ गीत “कस्ले बुझ्छ मलाई” सार्वजनिक

वि.सं.२०८२ असोज ११ शनिवार १०:२५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...