सार्वजनिक स्थलको रिपोर्टिङमा मोरङका सीडीओको अवरोध

मोरङ भाद्र १६ । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गरेका छन् । आइतबार मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको विषयमा विवाद भएपछि अनुगमनमा पुगेका प्रजिअ यादवले रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै रोक लगएका हुन् ।

 

स्थानीवासी, क्रसरका सञ्चालक, जिल्ला समन्वय समिति प्रमुख अजम्वर राई र नगर प्रमुख केदार गुरागागईसहितको उपस्थितिमा भएको कुराकानीको छायाँकन गरिरहेका पत्रकारहरु नेपाल पत्रकार महासंघ मोरङका सहसचिव तथा मोरङ खबरका सञ्चालक रेवतीरमण निरौला, विराट टेलिभिजन इटहरीका विकल पौडेल, न्यूज २४ टेलिभिजनका मनोज भुजेल र पूर्वी अनलाइनका पत्रकार कृष्णचन्द्र सुवेदीलाई भिडियो नखिच्न भन्दै रोक लगाएका हुन् ।

 

रिपोर्टिङका लागि खबर पाएर पुगेका पत्रकारहरुले अनुगमनको भिडियो खिचिरहेका बेला प्रजिअ यादवले कुराकानीको “भिडियो नबनाउनु, भिडियो नबनाउनु” भन्दै रोक लगाएका हुन् । प्रजिअ यादवले भिडियो नबनाउनु भन्दै रोक लगाएपछि भिडियो खिच्न रोकेका पत्रकारहरुले अनुगमनको अन्त्यमा अनुगमनबाट के निश्कर्ष निस्कियो भनेर प्रश्न गरेर भिडियो रेकर्ड गर्न खोज्न प्रजिअ यादवले पुनः “भिडिय अ्या पहिले बोल्ने मान्छेलाई रेडि पार्नुपर्यो” भन्दै क्यामेरलाई हटाएका छन् ।

 

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठकले सार्वजनिक स्थलमा भिडियो रिपोर्टिङ गरिरेहको अवस्थामा जनप्रतिनिधहरुको अगाडी प्रमुख जिल्ला अधिकारीले भिडियो खिच्न रोक लगाउँदै दुव्र्यवहार गर्नु दुःखद भएको बताउनुभयो । यो कार्य सूचनाको हक सम्बन्धि ऐन र प्रेस स्वतन्त्रताको मर्म विपरित रहेकाले राज्यका निकायमा बसेकाहरुले यस्ता कार्यहरु सच्याउनुपर्ने उहाँको भनाइ छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...