ध्रुव प्रसाद अम्गाईको शब्द, सुरेन चन्दको स्वर/संगीतमा “जमानत गुमायौ” सार्वजनिक

काठमाडौं । गीतकार ध्रुव प्रसाद अम्गाईले “एम थ्री मिडिया नेपाल” नामक युट्युब च्यानल मार्फत “जमानत गुमायौ” गीतको भिडिओ सार्वजनिक गरेका छ्न् l एकपछि अर्को हिट गीतहरु लगातार स्रोता सामु पस्किरहेका अम्गाईको यो गीत कपाली गजल शैलीमा छ l यस प्रकारको गीत नेपाली सङ्गीत क्षेत्रमै विरलै बन्ने गरेको कुरा गीतकार अम्गाईले बताएका छन् ।

उनी बिगत २० बर्षदेखि प्रवासमा बस्दै आएका छ्न् l गोर्खा जिल्ला फुजेल जन्मथलो भएका अम्गाई समाजसेवी एवम् खरो स्वभाव भएका स्पष्ट बक्ता समेत हुन् । अम्गाईका तीन दर्जन भन्दा बढी गीतहरु बजारमा आईसकेका छ्न् । यथार्थ घटनाहरुलाई गीतमा उतार्न बढी मन पराउने गीतकार अम्गाईका गीतले हरेक बर्ष चर्चा समेत कमाईरहेका हुन्छ्न् l ‘आँखा आँखा जुधी, माया कुरा सुनिदेऊ, नजुरेको लगन, मखमली चोली, मन खोलेर गाउँ गीत, न भुल्न सक्ने, घरमा कुरा, काले केटा २, माया हे माया, माया तिरिरिरी, तिमीलाई सन्देश, विहानीको घामको झुल्को’ आदि उनका चर्चित गीतहरु हुन् ।

राजधानीमा आयोजना हुँदै आएका अवार्ड समारोहहरुमा हरेक बर्ष उत्कृष्ट गीतकारको विधामा अवार्ड हात पारिरहेका अम्गाई यसै बर्ष गीतकार सङ्घ नेपालले प्रदान गर्ने “बर्ष गीत पुरस्कार” मा उत्कृष्ट दश गीतकार भित्र पर्न सफल भएका छन् l उनको गीत “आँखा आँखा जुधी” टपटेन भित्र पर्न सफल भएको हो l उनका गीत धेरै अवार्डहरुमा नोमिनेसनमा पनि पर्ने गरेका छ्न् l

“जमानत गुमायौ” प्रेम वियोगमा आधारित मार्मिक भावको गीत हो l गीतमा प्रेमिकाबाट धोका पाएको एक प्रेमीको वेदना पोख्ने प्रयास गरिएको छ l गीतमा स्वर तथा सङ्गीत सुरेन चन्द ठकुरीको, म्युजिक एरेञ्ज किरण कँडेलको र मिक्सिङ माष्टरिङ श्यामश्वेत रसाइलीको रहेको छ भने भिडिओको निर्देशन विक्रम चौहानले गरेका छ्न् l सुरेश श्रेष्ठको सिनेम्याटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको यस म्युजिक भिडिओमा आरजे सोनी, सिमोन किङ, स्वस्तिका श्रेष्ठ र सुसाना दुलालले अभिनय गरेका छ्न् l

गीत हेर्नलाई तलको लिन्क क्लिक गर्नुहोला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

“मधु बनैमा” र “अंगुर अमिलो” गीत पछि बिमलराज क्षत्री र कस्तुप पन्तको सहकार्यमा “कसो गरम म” सार्वजनिक

वि.सं.२०८० असोज ६ शनिवार १७:०१

काठमाडौं। नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

“ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२३” को मनोनयन फारम खुल्ला

वि.सं.२०८० असोज ४ बिहीवार ०७:५६

काठमाडौं । नेपाली गीत संगीतलाई उत्थान गर्ने उदेश्यले "ईन्डो नेपाल...

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत “शान्ति” को भिडियो सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार ०५:२०

काठमाडाैं । प्रसिद्ध गायिका साधना सरगमले गाएको गीत "शान्ति" को...

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न

वि.सं.२०८० असोज ४ बिहीवार ०५:०९

काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ...

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

भकुन्डे सामुदायिक क्लव, बेनी न.पा. २, म्याग्दीको आयोजनामा “हरितालिका तीज मेला – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० असोज ३ बुधवार १६:४७

म्याग्दी । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भकुन्डे सामुदायिक...

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा “तीज म्युजिक अवार्ड – २०८०” भब्य रुपले सम्पन्न

वि.सं.२०८० भदौ ३० शनिवार १८:०१

काठमाडौं । धिताल फिल्मस् एण्ड म्युजिक प्रा.लि.को आयोजनामा "तीज म्युजिक...