गायक सानु के.सी.को दशैं बिशेष गीत “दशैँ रमाइलो” को बिमोचन कार्यक्रम सहित सार्वजनिक

काठमाडौं, नेपाल । लोक तथा दोहोरी गायक सानु केसी को दशैं गीत “दशैँ रमाइलो” को बिमोचन सम्पन्न भएको छ । काठमाण्डौको अनामनगर स्थित संवाद डबलीको हलमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिवनारायण जोशी, राजु परियार, रामहरी भण्डारी, चन्द्रमणि गौतम, रामकुमार नेपाली भीमसेन खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

बिमोचन कार्यक्रममा प्रमुख अतिथि बहादुर सिंह लामाले सम्पूर्ण कलाकारको एकताले नेपाली लोक दोहोरी क्षेत्रले उच्च गति लिएको धारणा राखे । गायक तथा सर्जक सानु के.सी. को अध्यक्षता रहेको कार्यक्रमलाई दिपक यात्री आचार्यले संचालन गरेका थिए । उक्त कार्यक्रममा “दशैँ रमाइलो” बोलको गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अग्रज कलाकार तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

आज बिमोचन भएको गीतमा सानु के.सी., जिबन खतिवडा र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गायक स्वयम् सानु के.सी. ले भरेका हुन् भने शब्द जिबन खतिवडाको रहेको छ । “दशैँ रमाइलो” गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं, लक्ष्मी दर्नाल, प्रविन खत्री, करिष्मा कुँवर, रामकृष्ण घिमिरे र मनोज घोरासैनीको अभिनय देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोमा निर्देशन तथा कोरिग्राफी निरेन श्रेष्ठको रहेको छ भने छायांकन मुकेश हुमागाईं र सम्पादन बिनोद बमले गरेका छन् । गीतलाई जुनतारा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

वि.सं.२०८३ असार २१ आइतवार ०७:०६

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको...