गायक सानु के.सी.को दशैं बिशेष गीत “दशैँ रमाइलो” को बिमोचन कार्यक्रम सहित सार्वजनिक

काठमाडौं, नेपाल । लोक तथा दोहोरी गायक सानु केसी को दशैं गीत “दशैँ रमाइलो” को बिमोचन सम्पन्न भएको छ । काठमाण्डौको अनामनगर स्थित संवाद डबलीको हलमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिवनारायण जोशी, राजु परियार, रामहरी भण्डारी, चन्द्रमणि गौतम, रामकुमार नेपाली भीमसेन खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

बिमोचन कार्यक्रममा प्रमुख अतिथि बहादुर सिंह लामाले सम्पूर्ण कलाकारको एकताले नेपाली लोक दोहोरी क्षेत्रले उच्च गति लिएको धारणा राखे । गायक तथा सर्जक सानु के.सी. को अध्यक्षता रहेको कार्यक्रमलाई दिपक यात्री आचार्यले संचालन गरेका थिए । उक्त कार्यक्रममा “दशैँ रमाइलो” बोलको गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अग्रज कलाकार तथा पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

आज बिमोचन भएको गीतमा सानु के.सी., जिबन खतिवडा र स्मृति गौतमको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय गायक स्वयम् सानु के.सी. ले भरेका हुन् भने शब्द जिबन खतिवडाको रहेको छ । “दशैँ रमाइलो” गीतको म्युजिक भिडियोमा भुवन चौलागाईं, लक्ष्मी दर्नाल, प्रविन खत्री, करिष्मा कुँवर, रामकृष्ण घिमिरे र मनोज घोरासैनीको अभिनय देख्न सकिन्छ ।

यस गीतको म्युजिक भिडियोमा निर्देशन तथा कोरिग्राफी निरेन श्रेष्ठको रहेको छ भने छायांकन मुकेश हुमागाईं र सम्पादन बिनोद बमले गरेका छन् । गीतलाई जुनतारा इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...