“खोलीको दोभानो” गीतले सार्वजनिक भएको केही दिनमा दर्शकहरुको मन जित्दै (भिडियो सहित)
वि.सं.२०७९ फागुन १ सोमवार १२:३२
काठमाडौं, नेपाल । पछिल्लो नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।
सोही क्रममा चर्चित गायिका सुनिता अधिकारीको नयाँ गीत “खोलीको दोभानो” केही दिन अघी सार्वजनिक भएको छ । यस गीतले छोटो समयमा नै दर्शकहरुको मन जित्दै गईरहेको छ । “खोलीको दोभानो” गीतमा बिक्रम परियार र सुनिता अधिकारीको स्वर रहेको छ भने सदाबहार सर्जक शिब हमालको शब्द, संगीत रहेको छ ।
मौसम हिमालीको निर्देशन रहेको गीतमा पवन सुस्लिङको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा दिप सागर, राज कुमार अधिकारी, आयुस्मा कार्की आदीको अभिनय रहेको छ ।
यस गीतलाई शिब हमालको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७९ फागुन १ सोमवार १२:३२