सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

बहुआयामिक सर्जक सुरेश शाही र लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको हृदयवि^दारक भावको गीत “परदेशीको बाकस” को भिडिओ बजारमा आएको छ l दुर्योधन बस्नेतको रचना एवं गायक सुरेश शाहीकै सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ कृष्ण पुनले गरेका हुन् l

गरिबीका कारण कल्कलाउँदो उमेरकी श्रीमती, कलिला मुना जस्ता लालाबाला र वृद्ध बाबुआमालाई छाडेर धन कमाउने सपना बोकी परदेश जानुपर्ने बाध्यता, मेन पावरको जालझेल, परदेशी भूमिमा अनाहकमा जेल जानुपर्ने अवस्था र मृ^त्युवरण जस्तो भयानक परिस्थितिको चित्रण गरिएको यस म्युजिक भिडिओले खासगरि ग्रामिण नेपाली समाजको घर घरको कथा-व्यथा बोकेको छ l घरको आशाको दियो परदेशबाट बाकसमा फर्कंदा एउटा परिवार कसरी भताभुङ्ग हुन्छ भन्ने कुरा भिडिओले जीवन्त रुपमा प्रस्तुत गरेको छ l

 

 

जी.बी. आग्रीको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा गायक शाहीले सन्देशवाहक गाइनेको रुपमा साथै शितल के.सी. , दुर्गा भट्ट, रोमा विष्ट, दुर्योधन बस्नेत, प्रेमसिंह ठकुरी, नरेश शाही, बब्लु बबाल एवं बाल कलाकार आयन शाही र रीतिका ढुङ्गाना लगायतका कलाकारहरुको अभिनय रहेको छ l वीरेन्द्र भाट ‘विपिन’ को छायाङ्कन/सम्पादनमा तयार भएको यस भिडिओका निर्माता भगिरथा बस्नेत र दुर्योधन बस्नेत हुन् भने वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा भिडिओ निर्माण भएको हो l   

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन व्यवसायी संगठित

वि.सं.२०८२ असार ३१ मंगलवार १२:३१

काठमाडौँ — आफ्नो हक, हित र सुरक्षाका लागि काठमाडौंका मनोरञ्जन...

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

“बिश्वब्यापी आवधिक समिक्षा – Universal Periodic Report (UPR) २०२५” को संयुक्त प्रतिबेदन तयारी राष्ट्रिय परामर्श गोष्ठी कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार ३१ मंगलवार ०९:२३

काठमाडौं। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO) को समन्वयमा...

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

सोंपाल समाज यूकेको “गृष्मकालिन भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ असार ३० सोमवार १५:४०

लन्डन । सोंपाल समाज यूकेको "गृष्मकालिन भेटघाट कार्यक्रम" सम्पन्न भएको...

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

“ईन्द्रेणी दोहोरी तारा २०८२” मा सपना रोका प्रथम

वि.सं.२०८२ असार २९ आइतवार १३:४०

काठमाडौं।  सुष्मा ठकुरी फाउन्डेशन नेपालद्वारा असार २७ र २८ गते...

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

नक्कली होटल बुकिङमार्फत मानव तस्करी बढ्दो, युवतीहरू मुख्य निशाना

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३५

काठमाडौं, भिजिट भिषामा कठाई सगैं नक्कली होटल बुकिङमार्फत हुने मानव...

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

बबिना भट्टराई र नारद पोखरेलको भजन “साम्ब सदाशिव”  सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८२ असार २७ शुक्रवार १३:३०

काठमाडौंः ‘साम्व सदाशिव ॐ’ भजन भगवान शिव प्रतिको भक्तिभावले ओतप्रोत...