गायिका मिरा गिरीको पूर्वेली भाकामा “तारे भिर” बोलको नयाँ गीत सार्वजनिक
वि.सं.२०८२ असार ८ आइतवार ०३:४९
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा गायिका मिरा गिरीको पूर्वेली भाकामा “तारे भिर” बोलको नयाँ गीत सार्वजनिक भएको छ। विश्व संगीत दिवसको अवसर पारेर गायिका गिरीले उक्त गीत सार्वजनिक गरेकी हुन्।
अशोक कुमार सापकोटाको शब्द सिर्जना रहेको गीतमा गायिका मिरा गिरी र गायक सानु केसीको युगल आवाज रहेको छ । त्यसै गरी गायक सानु केसीले नै उक्त गीतमा संगीत भरेका छन् भने नारायण दंगालले संगीत संयोजन हुन् ।
यस गीतको भिडियोमा प्रविन थापाको निर्देशन रहेको छ भने राजेश घिमिरेको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ। यस गीतको भिडियो गायिका मिरा गिरीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतको भिडियोमा मोडल सुरेश कोली र रिया खड्काले अभिनय गरेका छन्। विश्व संगीत दिवसको अवसर पारेर बजारमा ल्याएको यस ‘तारे भिर’ गीतले विगतका गीतहरुले जस्तै सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको गायिका गिरीले बताइन् । उनी गायनसँगै व्यवसायीक रुपमा दोहोरी साँझ सञ्चालिका समेत हुन् ।
गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ असार ८ आइतवार ०३:४९














