सिएल शर्माको शब्द, नगेन्द्र श्रेष्ठको संगीतमा नयाँ गीत “बन्धकी” सार्वजनिक
वि.सं.२०८२ असार ८ आइतवार ०४:५६
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा नगेन्द्र श्रेष्ठको नयाँ गीत “बन्धकी” सार्वजनिक भएको छ।
यस गीतमा सुरेश लामा प्रतिमा केसीको स्वर रहेको छ भने सिएल शर्माको शब्द, नगेन्द्र श्रेष्ठको संगीत रहेको छ। यस गीतमा अबिनाश मानन्धरको छायांकन, टार्जन लिम्बुको ड्रोन, अनिल के मानन्धरको निर्देशन रहेको छ।
यस गीतलाई नगेन्द्र श्रेष्ठको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।
वि.सं.२०८२ असार ८ आइतवार ०४:५६















