नव गायिका शुस्मा मगरको सांगीतिक कोसेली “ज्यान आज मुडमा छ” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०७८ असोज ६ बुधवार ०८:३३

नव गायिका शुस्मा मगरको सांगीतिक कोसेली “ज्यान आज मुडमा छ” सार्वजनिक भएको छ । यस गीतमा सुरेन्द्र सुन्दास (एस.के.) र शुस्मा मगरको स्वर रहेको छ भने प्रयास मगरको शब्द, सुरेन्द्र सुन्दास (एस.कें) को संगीत रहेको छ ।
शिवन पोखरेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा हरिश महराको छायांकन, हिम्मत चैशिरको सम्पादन रहेको छ । यस गीतलाई सहारा टिभी नेपालको युटुबबाट सार्वजनिक गरिएको हो ।
उक्त गीतको भिडियोमा नबिन श्रेष्ठ, सबिता आले, गोबिन्द न्यौपानेको अभिनय रहेको छ । सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।

वि.सं.२०७८ असोज ६ बुधवार ०८:३३