सरोज कोइराला र मेलिना राईको स्वरमा “भकारीमा धान” सार्वजनिक (भिडियो सहित)

सञ्चारकर्मी तथा गायक सरोज कोइराला र गायिका मेलिना राईको स्वरमा ‘भकारीमा धान’ बोलको गीत सार्वजनिक भएको छ । यसमा गीतमा गायक कोइरालाकै शब्द, संगीत छ । संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् ।

भिडियो सहित सार्वजनिक भएको गीतमा सुधिर श्रेष्ठ र सगुन कोइरालाले नृत्य, अभिनय गरेका छन् । सुधिर श्रेष्ठ यसअघि पनि दर्जनौ भिडियोहरुमा काम गरिसकेका स्थापित मोडल हुन भने सगुन कोइरालाले यसै भिडियोमार्फत मोडलिङको क्षेत्रमा पाइला चालेकी छिन् । उनी फेशन डिजाइनकी विद्यार्थी हुन ।

अहिलेका व्यस्त सिनेमाटोग्राफर उत्सव दाहालले छायांकन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । निर्देशन विधान कार्कीले गरेका हुन । नबोली नबोली, काले केटा २, धर्ति आकास जस्ता चर्चित गीतको भिडियो निर्देशन गरेका विधान म्युजिक भिडियो निर्देशक समाजका अध्यक्ष पनि हुन ।

पूर्व र मध्यक्षेत्रतीरका लोकभाकामा आधारित रहेको गीत ‘भकारीमा धान’ को छायांकन काभ्रेपलाञ्चोक जिल्लाको रमणीय र मौलिक रहनसहन भएको क्षेत्रमा गरिएको हो । मेलोडियस आधुनिक गीतहरुमा स्वर तथा संगीत दिँदै आएका सरोजले यसै गीतमार्फत आफ्नो शैली परिवर्तन गरेका छन् । “हरेक नेपालीको मनमा लोकधुन हुन्छ नै, म भित्र रहेको त्यहि धुन यस गीतमार्फत प्रस्फुटित भएको हो ।” उनी भन्छन ।

सरोजले काठमाडौँस्थित साधना कला केन्द्रमा वरिष्ठ संगीतकार प्रकाश गुरुङसँग ३ वर्ष गायन प्रशिक्षण लिएका छन । उनले हालै त्रिभुवन विश्वविद्यालयबाट समेत संगीत विषयमा स्नातक तहको अध्ययन पुरा गरेका छन् ।

“नेप्सिने” को प्रोडक्सनमा तयार भएको यो भिडियो “दि डिभाइन म्युजिक” यु्ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

कर्णाली प्रदेश समाज, जापान (कान्साई क्षेत्रीय समिति) को तेस्रो अधिवेशन हुँदै

वि.सं.२०८२ जेठ २६ सोमवार १२:४३

ओसाका, जापानमा रहनुहुने कर्णाली प्रदेशका सम्पुर्ण नेपालीहरू बीच आपसी एकता,...

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

“१२औं म्यूजिक खबर म्यूजिक अवार्ड – २०८१” भव्य रुपमा सम्पन्न

वि.सं.२०८२ जेठ २५ आइतवार ११:५३

काठमाडौं । "१२औं म्यूजिक खबर म्यूजिक अवार्ड - २०८१" भव्य...

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

देबी घर्ती र ध्रुब जिसीको स्वरमा नयाँ गीत “बेनी बजार” सार्वजनिक

वि.सं.२०८२ जेठ २४ शनिवार ०४:०९

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

शंकर बिसीको नयाँ मर्मस्पर्शी गीत “एउता नाता” सार्वजनिक

वि.सं.२०८२ जेठ २२ बिहीवार ०७:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन

वि.सं.२०८२ जेठ २० मंगलवार १३:३८

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रहरी बलका प्रमुख राजु पाण्डेलाई निलम्बन...

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु

वि.सं.२०८२ जेठ १९ सोमवार १४:२६

काठमाडौँ । पर्यटन ब्यसायलाई प्रबद्र्धन गर्ने उदेश्यका साथ नेपालमा नै...