कृष्ण बुढाथोकी र सुनिता बुढा क्षत्रीको स्वरमा “वनमा मैना छ” सार्वजनिक (भिडियो सहित)
वि.सं.२०७८ फागुन ८ आइतवार ०३:५३
सांगीतिक क्षेत्रमा एक पछि अर्काे गर्दै नयाँ नयाँ गीतहरु आउने क्रम जारी नै छ । पछिल्लो समय गीत संगीतको प्रतिस्पर्धा संगै कस्को गीतले कति भ्युज पाउने भन्ने प्रतिस्पर्धा पनि चलेको पाईन्छ ।
सोही क्रममा प्रबासी गायक कृष्ण बुढाथोकीको नयाँ सांगीतिक कोसेली “वनमा मैना छ” सार्वजनिक भएको छ । “वनमा मैना छ” गीतले कत्तीको सफलता पाउने हो त्यो त हेर्नै बाँकी छ । यस गीतमा कृष्ण बुढाथोकी र सुनीता बुढा क्षत्रीको स्वर रहेको छ ।
सो गीतमा रमेश परियारको शब्द, संगीत रहेको छ । काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा राजेश घिमिरेको छायांकन, दिपक बिस्टको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु ओबी रायमाझी, लोशिना लामिछाने, यशु भट्टराईको अभिनय रहेको छ । यस गीतलाई रमेश परियार युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सोही गीतको भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।
वि.सं.२०७८ फागुन ८ आइतवार ०३:५३