सर्वोत्कृष्ट नव गायक (लोक दोहोरी) विधाको अवार्ड बिजेता बने बिर्ख विश्वकर्मा

 काठमाण्डौ । ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करण सम्पन्न भएको छ । हिजो चैत्र १२ गते शनिबार महाराजगन्ज स्थित रोयल दरबार इभेन्ट्समा आयोजित कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने भनिएकोमा विभिन्न विधाका जुरी अवार्ड सहित जम्मा ४७ विधामा अवार्ड प्रदान गरिएको छ  ।

यसै बिच बर्षकै सर्वोत्कृष्ट नव गायक (लोक दोहोरी) विधामा मञ्जरी गितबाट गायक बिर्ख विश्वकर्मा अर्वाड विजेता हुनुभएको छ । केही समय अगाडी S3k Entertainment बाट बजारमा आएको मञ्जरी गितमा विर्ख विश्वकर्मा र विनिता गुरुङको आवाजसंगै नायिका पुजा शर्मा, कमला घिमिरे, हिरज सोनी, आरके परियार, राेहित ओलिको अभिनय एवम् डान्सिग फिचर रहेको थियो ।

अवार्ड हात पारेपछि बिजेता बिश्वकर्माले अाफ्नाे फेसबुकमार्फत स्टाटस् लेख्दै धन्यवाद ब्यक्त गर्नुभएकाे छ । उहाले लेख्नुभएकाे छ :

नमस्कार,

सर्वप्रथम त मलाई जन्मदिने भगवान आमा-बुवा लाई धेरै miss गरेको छु। मलाई यो क्षेत्रमा लाग्न प्रेरणा दिने मेरो घरपरिवार प्रति आभार प्रकट गर्दछु। मेरो कामलाई मन पराएर सदा साथ सपोर्ट गर्नुहुने गित/संगीतका सम्पुर्ण आदरणीय अग्रज देखि अनुज व्यक्तित्वहरु सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। हजुरहरूकै कारण तेस्रो ज्योति फिल्मस् म्युजिक अवार्डमा शर्वोत्कृष्ट नव लोकदोहोरी गायक विधामा मञ्जरि गित बाट अवार्ड हात पार्न सफल भएको छु।आज मलाई थप जिम्मेवारी थपिएको महसुस भयको छ। मञ्जरि गित सँग सम्बन्धित रचनाकार/संगितकार/गायिका/एरेन्जर, वाध्यवादक, निर्देशक, नायक/नायिका, छायांकार, मेकअप मेन,लाइट मेन, सम्पादक लगायत गितसँग सम्बन्धित प्रदा अगाडि र प्रदान पछाडीबाट काम गर्नुहुने सबै मनहरु प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा गीत संगीत, तथा डकुमेन्ट्री सँग सम्बद्ध जम्मा ३६ विधामा उत्कृष्ट हुनेलाई अवार्ड प्रदान गरिने भनिएकोमा विभिन्न विधाका जुरी अवार्ड सहित जम्मा ४७ विधामा अवार्ड प्रदान गरिएको छ  । रोयल मुभिजको प्रस्तुतिमा ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करणमा तुलसी घिमिरे, राजु सिङ, देविका बन्दना, रमेश उप्रेति, कुमार बस्नेत, रबिन्द्र खड्का, आकास अधिकारी, सुसिल नेपाल, कमल राई लगाएत बरिष्ट व्यक्तित्वहरुको उपस्थितिले पनि कार्यक्रमलाई गर्भिलो बनाएको थियो । अवार्ड कार्यक्रममा स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिएको आयोजक रोयल मुभिज प्रालिका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...