“टुबोर्ग खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” चैत्र २० गते सम्पन्न हुने, अन्तिम चरणमा १२ वटा समूह बिच प्रतिस्पर्धा गराईने

काठमाडौं / नेपाल

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८”  सुरु भैसकेको आज (चैत्र १९ गते) चौथो दिन भैसकेको छ ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८” मा जम्मा ६१ समुहले सहभागिता जनाएका छन् । प्रतियोगिताको चौथो दिन पहिलो चरणको दोहोरी गीत प्रतियोगिता सम्पन्न भएर पनि दोस्रो चरणको प्रतियोगिता भएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्वारा आयोजित “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८”  को चौथो दिन (चैत्र १९ गते) प्रतियोगितामा प्रतिस्पर्धा गर्न बाँकी समूह बिच प्रतिस्पर्धा गराएर दोस्रो चरणको प्रतियोगिता सुरु गरिएको थियो ।

प्रतियोगिताको अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता चैत्र २० गते हुने कुरा आयोजक पक्षले जानकारी गराएको छ । चैत्र १९ गते प्रतियोगिता सम्पन्न गर्ने आयोजकको कार्यतालिका भएतापनी चैत्र १९ गते एक दिन म्याद थप भएर २० गते सम्पन्न हुने भएको छ । प्रतियोगीहरु बिच कडा प्रतिस्पर्धा भएको कारणले एक दिन म्याद थपिएको हो ।

प्रतियोगिताको चौथो दिन (चैत्र१९ गते) प्रतियोगिता सँगै बिच बिचमा चर्चित कलाकारहरुको प्रस्तुती राखिएको थियो भने सहयोगीदाताहरु र आजिवन सदस्यता लिनेहरुलाई सम्मान पनि गरिएको थियो । प्रतियोगिताको चौथो दिन प्रतिष्ठानका केन्द्रिय सचिब जीवन दाहाल र प्रतिष्ठानका केन्द्रिय सदस्य पिएन सापकोटाले सहजीकरण गर्दै कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतियोगिता अवधीभर प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा निर्णायक संयोजक रहने छन् भने निवर्तमान केन्द्रिय अध्यक्ष सह – संयोजक बद्री पंगेनी रहेका छन् । साथै यस प्रतियोगितामा अन्य अग्रज कलाकारहरु पनि निर्णायकको भुमिकामा रहने छन् ।

प्रतियोगिताको अन्तिम चरणको दोहोरी गीत प्रतियोगितामा झन कडा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिता सुरु भएदेखि हाल सम्म आउने दर्शकहरु, मुख्य प्रायोजक, प्रायोजक, सह प्रायोजक, सहयोगीदाताहरु प्रती आभार प्रकट गर्दै प्रतियोगिताको अन्तिम दिन (चैत्र २० गते) पनि सबैले साथ दिनुहुने छ भन्ने आशा रहेको कुरा केन्द्रिय अध्यक्ष रमेश बिजिले बताए ।

काठमाडौं अवस्थित भृकुटीमण्डपमा चैत्र १६ गते देखि आयोजना भएको “टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता – २०७८”  को अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता बिहान ९ बजे देखि सुरु भएर साझ सम्म समापन गरिने कुरा प्रतियोगी संयोजक एबम प्रतिष्ठानका उप – महासचिव शिव हमालले जानकारी गराए ।

साथै प्रतियोगी बिजेताहरुलाई कार्यक्रम सकिए पश्चात बिजयी घोषणा गर्ने र निर्धारित पुरस्कार बितरण गरिनुका साथै आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने अन्य संघ संस्थाहरु तथा ब्यक्तिलाई पनि सम्मान गरिने कुरा आयोजक पक्षले जानकारी गराएको छ ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८” को अन्तिम चरणको दोहोरी गीत प्रतियोगिता युनिभर्सल टिभी, नेपाली रडियो नेटवर्क मार्फत देशभरका एफएम स्टेशनहरु र विभिन्न अनलाईनबाट प्रत्यक्ष प्रसारण गरिने छ ।

“टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८” को अन्तिम चरण (चैत्र २० गते) जम्मा १२ समूह बिच प्रतिस्पर्धा गराईने जानकारी गराउदै प्रतियोगी समूह बिहान ९ बजे भित्र उपस्थित हुनका लागि प्रतिष्ठानका पुर्ब केन्द्रिय अध्यक्ष एबम प्रतियोगिताका निर्णायक संयोजक चन्द्र शर्माले अनुरोध गरेका छन् ।

सो प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद रु.२ लाख २५ हजार, प्रमाणपत्र, मेडल र शिल्ड र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई नगद रु.१ लाख ५० हजार, प्रमाणपत्र, मेडल, तेश्रो स्थान हासिल गर्नेलाई नगद रु. १ लाख नगद, प्रमाणपत्र, मेडल र सान्त्वना स्थान हासिल गर्नेलाई नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र उत्कृष्ट २ पुरुष, २ महिला साथै उत्कृष्ट भेषभूषा र अनुशासित टीमलाई रु. १० हजार नगद, मेडल र प्रमाणपत्र तोकिएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...