पाँच दिनसम्म घन्कियो टुडिखेलमा पूर्व–पश्चिमको लोकभाका, पाँच लाखको पुरस्कार गण्डकी दोहोरी साँझलाई

काठमाडौं । नेपालका सबै जाती तथा भूगोलका समेत लोक संस्कृतिको जगेर्नाका साथै लोक सांगीतिक र सांस्कृतिक पहिचानमा लाग्नेहरुलाई प्रोत्साहन समेत गर्ने उद्धेश्यका साथ गत शनिबारदेखि जारी राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ बिहीबार समापन भएको छ ।

पूर्वदेखि सुदुर पश्चिमसम्मका कला र संस्कृतिको समृश्रणका साथ आयोजना गरिएको महोत्सव बिहीबार तामझामका साथ सकिएको हो । खुल्ला दोहोरी मध्ये अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी राखिएको यस प्रतियोगितासहितको महोत्सव सुरु हुनुअघि शनिबार दिन माइतीघर मण्डलादेखि विभिन्न जातजातीहरुका झाँकीसहित टुँडिखेलमा प्रवेश गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए ।

निजी क्षेत्रका कम्पनी डिएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको यस महोत्सवको उद्घाटन गर्ने क्रममा उपराष्ट्रपति पुनले लोकगीतमा नेपालीहरु हरेक जाती, वर्ग, पेशा व्यवसाय र माटोको कथा जोडिएको बताएका थिए । उनले हाम्रो मौलिक कला तथा संस्कृति अन्तराष्ट्रियकरण भइरहेको समेत बताएका थिए ।

उद्घाटनको दिनदेखि समापनसम्म आउदा ५ चलेको प्रतियोगितात्मक महोत्सवमा कुल ६८ समूहले भाग लिएका थिए । त्यतिका समूहहरु प्रतिस्पर्धा गर्ने क्रममा प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझले हात पार्न सफल भयो ।

 

त्यसै गरी दोश्रोमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ रहयो भने सारोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझ तेश्रो स्थानमा रहे । दुइ समूहको आग्रह बमोजिम सान्तवनाको प्रतिस्पर्धा नगराई आपसी सहमतिमा दुइ समूहलाई तेश्रोमा राखिएको निर्धायक समितिका संयोजक बरिष्ठ गायक पुरुषेत्तम न्यौपानेले बताए ।

पहिलो, दोश्रो र तेश्रो हुने समूहलाई क्रमश ५ लाख, ४ लाख र ३ लाख पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट गायक, उत्कृष्ट गायिका तथा अनुसाशित गायक र गायिकालाई समेत पुरस्कारको व्यवस्था गिरएको थियो ।उद्घाटनका दिनदेखि हरेक दिनको प्रतियोगितामा एकजना विशिष्टि व्यक्तिको उपस्थिति गराईको बाँकी चार दिन नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेल, वहालवाला डिआइजी बसन्त लामा, वागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का तथा समापन भने वागमती प्रदेशकै खेलकुदमन्त्री रत्न ढकालकोे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

महोत्सवको समापनका दिन लोक सम्राट कुमार बस्नेत, बरिष्ठ लोक गायक बमबहादुर कार्की, बरिष्ठ लोक गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझी, बरिष्ठ गायिका बिमाकुमारी दुरा, शिला आले, बरिष्ठ गायक शिवनारायण जोशी, मच्छेश्वर सापकोटा, ऋषि अधिकारी, नबिन ढुंगेल, टंक केसी, गीतादेवी लगायत बरिष्ठ कलाकारहरुलाई सम्मानित गरिएको थियो भने गायक गायिकाहरु बद्री पंगेनी, कृष्ण रेउले, महेन्द्र तिमल्सिना, शिरिष देवकोटा, खुमन अधिकारी, अमृत खाती, सरोज लामिछाने, भिमसेन खतिवडा, रामकुमार नेपाली, प्रकाश कटुवाल, वैकुण्ठ महत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

यस अघि २०७६ सालका अन्तिममा काठे दोहोरी महोत्सवको आयोजना गरेको डिएआर मुभिज एण्ड फिल्मस्ले अघिल्लो वर्ष कोरोना महामारीका कारणले कार्यक्रम गर्न नसकिएको जानकारीका साथमा आगामी वर्षदेखि यो कार्यक्रमले निरन्तरता पाउने बताएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

वि.सं.२०८३ भदौ ९ मंगलवार १२:२६

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...