आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको ठेक्का अनजायज रुपमा ललितपुरको सानेपामा गुण्डागर्दी शैलीमा बसी चन्दा उठाए जसरी जवरजस्ती रुपमा कर असुली गरेको छ। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको कवाडी निकासी ठेक्कालाई धुनीबेशी नगरपालिकामा नै नबसी ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपामा बसी खुलेआम निकासी बिल काट्ने गरेको र यस प्रती सम्बन्धित निकाय र सरोकारवालाहरुको कुनै पनि चासो देखिएको छैन।

खुलेआम आफ्नो कार्यक्षेत्र भन्दा बाहिर रहेर यस्तो गैरकानुनी क्रियाकलाप गर्दा पनि ललितपुर महानगरपालिकाका कार्यकारी प्रमुख, मेयर, सिडियो मौन अवस्थामा बसेको पाईएको छ। गत बर्षको माघमा राजश्व अनुसन्धान बिभागमा उजुरी पर्दा पनि गैरकानुनी काम र करोडौंको कर तथा भ्याट छली गर्दा पनि कुनै कारबाही हुन सकेको छैन। धुनीबेशी नगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा धुनीबेशीको कवाडी काट्ने मेसिन ललितपुर, काठमाडौंमा ल्याई ललितपुर, काठमाडौं जिल्लामा कवाडी काट्ने गरेको कुरा खुल्न आएको छ।

धुनीबेशी नगरपालिकाको मेसिन ललितपुर, काठमाडौं ल्याई प्रयोग गरेमा मिस्युज गरी करोडौं मुनाफा आर्जन गरेको कुरा गोप्य सुचना प्राप्त भएको छ। आर. आर. एण्ड भालेश्वर ट्रेडले ब्यापारीहरुलाई गुण्डागर्दी शैलीमा थर्काएर आतंकित बनाएर पैसा असुल गर्ने, कर काट्ने लगायत अन्य क्रियाकलापहरु गरेको कुरा खुल्न आएको छ। धुनीबेशी नगरपालिका प्रमुख देखी कर्मचारीहरु र ललितपुरका कार्यकारी प्रमुख, मेयर र सिडियोको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली गर्ने कम्पनीलाई देखेर पनि नदेखे जस्तो गरेको आरोप लागेको छ। देखेर पनि नदेखे जस्तो गर्नु, मौन बस्नु र ब्यवसायीहरुको गुनासोको समाधान नहुनु कस्को दोष ? आखिर राज्य नै किन मौन बसेको छ। ठुलालाई चैन, सानालाई ऐन भने झै हो त ? कानुन सबैका लागी बराबर हैन र ? यस बिषयमा सम्बन्धित निकाय र सरोकारहरुले उचित छानबिन गरी आवश्यक कारबाही अगाडी बढाउनुपर्ने देखिन्छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

भारतको बिहार राज्यस्थित सहरसामा आयोजित “रक्तदाता महाकुम्भ–२” कार्यक्रममा नेपाली साहित्यकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्व इन्दिरा निरौला सम्मानित

वि.सं.२०८३ असार २५ बिहीवार १३:३९

सहरसा (बिहार)। भारतको बिहार राज्यस्थित सहरसामा आयोजित "रक्तदाता महाकुम्भ–२" कार्यक्रममा...

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएका यम बराललाई मल्टिपल माइलोमा (रक्त क्यान्सर) भएको पुष्टि

वि.सं.२०८३ असार २५ बिहीवार ०९:१४

काठमाडौं। नेपाली सङ्गीत क्षेत्रमा आफ्नो सुमधुर स्वरले लाखौँ श्रोताको मन...

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित “संगीत र प्रबिधी बिषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न

वि.सं.२०८३ असार २० शनिवार १२:४७

काठमडौं। साँस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्धारा आयोजित "संगीत र...

महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गरिने

महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा “ब्लु बस” सेवा सञ्चालन गरिने

वि.सं.२०८३ असार १९ शुक्रवार ११:२५

काठमाडौं। सरकारले महिलाको सुरक्षित आवागमनलाई प्राथमिकता दिँदै आगामी साउन १...