आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीको चरम लापरबाही, यसरी भएको छ कर्मचारीको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली

काठमाडौं। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको ठेक्का अनजायज रुपमा ललितपुरको सानेपामा गुण्डागर्दी शैलीमा बसी चन्दा उठाए जसरी जवरजस्ती रुपमा कर असुली गरेको छ। धुनीबेशी नगरपालिकामा आर. आर. एण्ड भालेश्वर ट्रेड कम्पनीलाई परेको कवाडी निकासी ठेक्कालाई धुनीबेशी नगरपालिकामा नै नबसी ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपामा बसी खुलेआम निकासी बिल काट्ने गरेको र यस प्रती सम्बन्धित निकाय र सरोकारवालाहरुको कुनै पनि चासो देखिएको छैन।

 

खुलेआम आफ्नो कार्यक्षेत्र भन्दा बाहिर रहेर यस्तो गैरकानुनी क्रियाकलाप गर्दा पनि ललितपुर महानगरपालिकाका कार्यकारी प्रमुख, मेयर, सिडियो मौन अवस्थामा बसेको पाईएको छ। गत बर्षको माघमा राजश्व अनुसन्धान बिभागमा उजुरी पर्दा पनि गैरकानुनी काम र करोडौंको कर तथा भ्याट छली गर्दा पनि कुनै कारबाही हुन सकेको छैन। धुनीबेशी नगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा धुनीबेशीको कवाडी काट्ने मेसिन ललितपुर, काठमाडौंमा ल्याई ललितपुर, काठमाडौं जिल्लामा कवाडी काट्ने गरेको कुरा खुल्न आएको छ।

 

धुनीबेशी नगरपालिकाको मेसिन ललितपुर, काठमाडौं ल्याई प्रयोग गरेमा मिस्युज गरी करोडौं मुनाफा आर्जन गरेको कुरा गोप्य सुचना प्राप्त भएको छ। आर. आर. एण्ड भालेश्वर ट्रेडले ब्यापारीहरुलाई गुण्डागर्दी शैलीमा थर्काएर आतंकित बनाएर पैसा असुल गर्ने, कर काट्ने लगायत अन्य क्रियाकलापहरु गरेको कुरा खुल्न आएको छ। धुनीबेशी नगरपालिका प्रमुख देखी कर्मचारीहरु र ललितपुरका कार्यकारी प्रमुख, मेयर र सिडियोको मिलेमतोमा करोडौंको भ्याट तथा कर छली गर्ने कम्पनीलाई देखेर पनि नदेखे जस्तो गरेको आरोप लागेको छ। देखेर पनि नदेखे जस्तो गर्नु, मौन बस्नु र ब्यवसायीहरुको गुनासोको समाधान नहुनु कस्को दोष ? आखिर राज्य नै किन मौन बसेको छ। ठुलालाई चैन, सानालाई ऐन भने झै हो त ? कानुन सबैका लागी बराबर हैन र ? यस बिषयमा सम्बन्धित निकाय र सरोकारहरुले उचित छानबिन गरी आवश्यक कारबाही अगाडी बढाउनुपर्ने देखिन्छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

लोकप्रिय गीतकार, संगीतकार कस्तुप पन्तको “मनमा पिर भएनी नाँचिन्छ” गीतको भिडियो सार्वजनिक

वि.सं.२०८३ असोज २० मंगलवार ११:१४

काठमाडौँ। नेपाली सांगीतिक क्षेत्रका सुप्रसिद्ध गीतकार तथा सङ्गीतकार रुपमा स्थापित...

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

“परिवर्तन नेपाल पत्रकारिता सम्मान” द्धारा रंग पत्रकार सबिता पोखरेल सम्मानित

वि.सं.२०८३ असोज २० मंगलवार ०८:३०

काठमाडौं। कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा लामो समयदेखि सक्रिय...

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

तनहुँ क्षेत्र नम्बर १ बाट लोकप्रिय लोक तथा दोहोरी गायक राजु ढकाल श्रमिक तर्फ महाधिवेशन प्रतिनिधिमा भारी मत सहित विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १३:०३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर...

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा

वि.सं.२०८३ असोज १८ आइतवार १२:५५

काठमाडौं । चर्चित गायिका तथा राष्ट्रिय लोक तथा दोहोरी गीत...

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

बहुप्रतिभाका धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सल्यान जिल्लाबाट श्रमिकतर्फ महाधिवेशन प्रतिनिधिमा विजयी

वि.सं.२०८३ असोज १८ आइतवार १२:४८

काठमाडौं। बहुप्रतिभा धनी कृष्ण रेउले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि...

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ बाट चर्चित गायक एबं समाजसेबी दीपक खड्का नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित

वि.सं.२०८३ असोज १८ आइतवार ०९:५२

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि नवलपरासी (बर्दघाट सुस्ता...