एकै मञ्चमा १४ मौलिक तीज गीत विमोचन, टिका पुनलाई “मौलिक गायन सम्मान”

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै मञ्चमा १४ वटा मौलिक तीज गीतको विमोचन गरिएको छ । इन्द्रेणी सांस्कृतिक विकास केन्द्रमा आयोजित कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल लगायतका अतिथीहरुले २०८३ सालमा तीज पर्व लक्षित निर्माण गरिएका मौलिक गीतहरु सामूहिक रुपमा विमोचन गरिएको हो ।

 

विमोचित गीतहरु अग्रज सर्जक बसन्त थापा देखि पछिल्लो पुस्ताका रेखा पोखरेलसम्मका थिए । विमोचित गीतहरु प्रकाश पराजुलीको ‘म्वाईं खाँदै’, राधा हमालको ‘भुरुरु आउँथे बरै चरी भए त’, सम्सेर पुनको ‘मन पर्ने मान्छे’, अनमोल बस्नेतको ‘छैन केहि पिर चिन्ता’, बिशाल छेत्रीको ‘ए आमा तिम्रो दुःख’, तारादेव डिसीको ‘नाँच भन्छे मैना’, उमा बिडारीको ‘म कस्ती देखिएँ’, पुजन काफ्लेको ‘तीजको लहर आउँदा बरिलै’, लक्ष्मी पुरी प्रधानको ‘नाच फुरुक्कै’ रहेका छन् । त्यस्तै, सुमित्रा कोइरालाको ‘आयो मलाई झलिको माइती देशैको’, शिव राज पौडेलको ‘छोरा बनाइदे’ आइजी दानबहादुर कार्कीको ‘चेलीले माइतीलाई सम्झेर’, सरोज लामिछाने र कमल आचार्यको ‘मनको बेदना’, मोतिराज खनालको ‘कम्मरु भाँचौला’ पनि एकै मञ्चमा विमोचन गरिएको छ ।

 

विमोचन पछि बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले मौलिक सृजनाको पक्षमा लोक सञ्चारकर्मी नेपालले गरेको पैरवी प्रसंशायोग्य रहेको बताइन् । उनले भनिन्, ‘बरु म मर्दा मलामी आउनु पर्दैन्, विकृतीजन्य गीतको विरुद्धमा बोल्न छाडिदैन् । त्यस कार्यमा लोक सञ्चारकर्मीहरुको गर्विलो साथ मिलेको छ ।’ विशिष्ट अतिथी इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफू जहिले पनि मौलिक सृजनाको पक्षमा रहेको बताए ।

 

‘यो पटकको तीजमा पनि इन्द्रेणीले मौलिक तीज गीतहरुको ७ वटा सिरिज बनाएको छ । जहाँ महिला दिदीवहिनीहरुले मात्रै गीत गाएका छन् ।’ सञ्चारकर्मी कँडेलले भने । लोक सञ्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले मौलिक सृजनालाई लोक सञ्चारकर्मीहरुले स्थान दिदै आएको बताए । वरिष्ठ गायिका सिता थापा, गायक तथा सर्जक बसन्त थापा, गायक प्रकाश पराजुली, गायक सरोज लामिछाने, म्यूजिक भिडियो निर्देशक समाज अध्यक्ष बविता श्रेष्ठ, राष्ट्रिय संगीतककर्मी संघको वरिष्ठ उपाध्यक्ष उमा श्रेष्ठ, गायक सम्सेर पुन, गायिका लक्ष्मी पुरी प्रधान, गायक निशान बानियाँ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य तथा निर्देशक प्रकाश भट्ट, अर्को निर्देशक शिवन पोखरेल, गायिका सुमुत्रा कोईराला, रेखा पोखरेल लगायतका कलाकारहरुले मन्तव्य राख्दै मौलिक गीतहरुको सामूहिक विमोचन गर्ने संस्कारको खुलेर प्रसंशा गर्दै मौलिक गीतहरुको प्रचारमा सञ्चारकर्मीहरुको खुलेर साथ नपाएको गुनासो गरे ।

 

कार्यक्रममा वरिष्ठ गायिका दुर्गा गुरुङ लगायतको पनि उपस्थिती रहेको थियो । विमोचनकै अवसरमा प्राज्ञ तथा वरिष्ठ लोक गायिका टिका पुनलाई ‘मौलिक गायन सम्मान’प्रदान गरिएको छ । मौलिक गीत गायनका माध्यमबाट लोक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गायिका पुनलाई नगद ५ हजार ५५५ रुपैयाँ सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मान ग्रहणपछि बोल्दै वरिष्ठ गायिका पुनले मौलिक गीतले आत्मसन्तुष्टि र सम्मान पाएको बताइन् । उनले भनिन्, ‘आज मैले गाएका गीतहरु स्कुल, कलेज लगायतका सार्वजनिक स्थानमा बज्दा निकै खुसी हुन्छु । सामाजिक सञ्जालमा भ्यूज कमाएका गीतहरु खुलेर सार्वजनिक कार्यक्रममा बजाउन नसकिदो रहेछ । त्यसकारण पनि मौलिक गायन यात्रा ठिक छ भन्ने पक्षमा छु ।’

 

कार्यक्रमको अध्यक्षता गरेका लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले विश्वास गरेर सामूहिक विमोचनमा सहकार्य गरेका सम्पुर्ण कलाकार, निर्माता, निर्देशकहरुलाई धन्यवाद दिए । महिला विभाग प्रमुख सविता पोखरेलको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम सचिव कमल सरगमले सञ्चालन गरेका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

लक्षु प्रकाश मल्लको शब्द, संगीत र एरेञ्जमा मौलिक तीज गीत “छैनिन् मेरी आमा” टिकटकमा भाईरल हुँदै (भिडियो सहित)

वि.सं.२०८३ भदौ १० बुधवार ०९:५५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...