“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच (टप ५) मनोनयन साउन ३ गते सार्वजनिक गरिने

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा हुन लागेको नेपाली लोकदोहोरी क्षेत्रको एक प्रतिष्ठित कार्यक्रम “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच (टप ५) मनोनयन साउन ३ गतेका दिन काठमाडौं, जमल स्थित साँस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सार्वजनिक गरिने भएको छ। जसले गर्दा कलाकार, स्रष्टा तथा संगीतप्रेमी माँझ उत्साह बढ्दै पनि गएको छ।

साउन ३ गते साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच (टप ५) मनोनयन सार्वजनिक गरिनुका साथै विभिन्न विधाका उत्कृष्ट कलाकार, सर्जक तथा स्रष्टाहरु मध्य सम्मानित ब्यक्तिहरुको नामावली सार्वजनिक गरिने कुरा जानकारीमा आएको छ। “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को अवार्ड बितरण कार्यक्रम भदौ ६ गते काठमाडौं स्थित नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा भव्य समारोहका बीच बिभिन्न २४ वटा विधामा अवार्ड प्रदान गरिने कुरा उपत्यका समन्वय समितिका अध्यक्ष प्रसाद लामिछानेले जानकारी दिनुका साथै नेपाली लोकदोहोरी क्षेत्रको संरक्षण, संवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई ८ वटा विभिन्न शीर्षकमा बिशेष रुपमा सम्मान गरिने कुरा जानकारी गराए।

“अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को मुख्य प्रायोजक गरिमा विकास बैंक रहेको छ भने लर्ड पार्टी प्यालेस प्रायोजकका रूपमा रहेको छ। “९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” मा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति आयोजकको रुपमा रहने छ भने उपत्यका समन्वय समितिको मातहतका सम्पूर्ण १० वटै समिति सह-आयोजकको रुपमा रहने छन्। यस अवार्ड कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको कुरा आयोजक पक्षले जनाएको छ। प्रत्येक वर्ष झै यस वर्ष पनि अवार्ड समारोहले उत्कृष्ट स्रष्टा र कलाकारलाई राष्ट्रिय स्तरमा सम्मानित गर्दै नेपाली लोकसंस्कृतिको गरिमालाई अझ उचाइमा पुर्‍याउने लक्ष्य राखिएको कुरा अध्यक्ष लामिछानेले बताए।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

नबिन श्रीष मगरको तीज बिशेष गीत “रातो साडीमा छड्के तिलहरी” सनर्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १२:४६

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...