“राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९” सम्पन्न

काठमाडौं / नेपाल ।

नेपाली कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यले आयोजित “राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९” सम्पन्न भएको छ । काजोल म्युजिक प्रा. लि. द्वारा आयोजित यस कार्यक्रममा नन्दा बस्यालको सभापतित्व रहेको थियो भने माननीय सामाजिक बिकाश मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रमको सञ्चालन मञ्जु पौडेलले गरेकी थिइन् भने शिव संगीतले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि माननीय सामाजिक बिकाश मन्त्री कुमारी मुक्तानले दिप प्रज्वलन गरि उद्घाटन गरेकी थिइन् । कार्यक्रममा मिडिया संयोजकको भुमिका निर्वाह पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले गरेका थिए ।

“राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९” मा सात वटै प्रदेशको मौलिक नृत्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बरिष्ठ कलाकार सरोज खनाल, बरिष्ठ गायक एबम निर्देशक नारायण रायमाझी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्ब केन्द्रिय अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका केन्द्रिय सचीव कृष्ण रेउले, प्रतिष्ठानका केन्द्रिय सदस्य उत्तम शर्मा, बरिष्ठ नृत्यांगना सम्झना बुढाथोकी, बरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली लगायत धेरै कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

“राष्ट्रिय लोक नृत्य महोत्सव तथा सम्मान कार्यक्रम – २०७९” मा बिगत ४ दशक भन्दा बढि नृत्य बिधामा योग्दान पुर्‍याउनुका साथै नृत्य प्रशिक्षण गर्दै आईरहेको भन्दै कुलमान नेपालीलाई र बिगत २ दशक भन्दा बढी नृत्य बिधामा योग्दान पुर्‍याएको भन्दै सम्झना बुढाथोकीलाई बिशेष सम्मान गरिएको थियो । साथै यस कार्यक्रममा आर्थिक, नैतिक र भौतिक रुपमा सहयोग गर्ने ब्यक्ती, प्रायोजक, कलाकार लगायत पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

“रानी फूलैमा” बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

वि.सं.२०८३ जेठ १० आइतवार १६:१२

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा...

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

खेम र रन्जिताको आवाजमा प्रकाश र अञ्जलीको एकसाथ रोमान्स

वि.सं.२०८३ जेठ ९ शनिवार ०५:२३

काठमाडौं। लामो समयपछि चर्चित कलाकार जोडी प्रकाश सपुत र अञ्जली...

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

लोकप्रिय गायक उत्साह कान्त मैनालीको स्वरमा नया गीत “यहाँ कति आए” सार्बजनिक (भिडियो सहित )

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०५:१९

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वैदिक सनातन हिन्दूराष्ट्र पुनःस्थापना सहित विश्व हिन्दू परिषद् नेपालद्वारा सरकारलाई सुझाव पेश

वि.सं.२०८३ जेठ ६ बुधवार १२:५४

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित 'संविधान संशोधन सुझाव...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको बिल्कुलै फरक गीत “चौतारीमा पिपल छ बर छैन” सार्वजनिक

वि.सं.२०८३ जेठ ३ आइतवार १३:५६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

कुमार केसी जे मा पनि फिट, “शिरैमा” नामक गीत हुन लाग्यो हिट (भिडियो सहित)

वि.सं.२०८३ जेठ ३ आइतवार १३:२६

काठमाडैं। पछिल्लो समयमा सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ...