नायक तथा मोडल पल शाहलाई अझै थुनामा ताख्न उच्च अदालतको आदेश, धरौटीमा रिहा हुने सम्भावना अझै कम

काठमाडौं । उच्च अदालत पोखराले जबरजस्ती करणीको आरोप लागेका मोडल एवं अभिनेता पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।

विहीबार (आज) बहसपछि उच्च अदालत पोखराका न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र उज्ज्वल शुक्लको संयुक्त इजलासले तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई नै सदर गरेको हो ।

अभिनेता शाहले साधारण तारेखमा रिहा गर्नका लागि गरेको मागलाई अदालतले अस्वीकार गरेको हो । अब कम्तिमा फैसलासम्म अभिनेता शाह थुनामै रहने भएका छन् । अभिनेता शाह पक्षधरले बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए ।

आज भएको सुनवाइमा ‘पीडित’ किशोरीको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गरेका थिए, भने अभिनेता शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए । अभिनेता शाह गत फागुन १५ गते पक्राउ परेका थिए ।

 

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

बिमलराज क्षेत्रीको नयाँ गीत “बैंक भरी धन” टिकटक तिर छाउदै (भिडियो सहित)

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०८:३४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

यानीमाया रोधी क्लवले १२ औं बर्ष पार गरी १३ औं बर्षमा प्रवेश गर्न सफल

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:५४

काठमाडौं । नेपाली कला र संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने...

गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक

गायक विजय घिमिरे ( भिजे ) र जे अथर को नयाँ गीत “किच किच” सार्वजनिक

वि.सं.२०८१ वैशाख २३ आइतवार ०४:३१

काठमाडौं । गायक विजय घिमिरे ( भिजे ) र जे...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगीता २०८१” यही बैशाख २७ गते राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न हुँदै

“राष्ट्रिय महिला मादल वादन प्रतियोगीता २०८१” यही बैशाख २७ गते राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा भब्य रुपमा सम्पन्न हुँदै

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१९

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ...