पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँको दरले घट्यो

नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकाशिएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आए पनि सरकारले बेवास्ता गर्दै आएको थियो । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।

हेर्नुस् नयाँ मूल्यपछिको निगमको हिसाव-किताव

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

“ईन्द्रेणी ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगिता – २०८०” भब्य रुपमा सम्पन्न, को को भए त बिजेता ?

वि.सं.२०८० फागुन ९ बुधवार ०४:४६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा...

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

मौलिक नृत्यबाट जमेकि मोडल सुमित्रा गुरुङ

वि.सं.२०८० माघ २६ शुक्रवार ११:४६

गोरखा जिल्ला साबिक थालाजुङ २ हाल सिरान्चोक मा बाबा मनकाजि...

सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

सुरेश शाही र शान्तिश्री परियारको स्वरमा “परदेशीको बाकस” सार्वजनिक

वि.सं.२०८० माघ १९ शुक्रवार १३:२६

-तुलसी गिरी ‘भावुक’ बहुआयामिक सर्जक सुरेश शाही र लोकप्रिय गायिका...

कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

कलाकार दिनेश डाँगीको छोराको अप्रेशनको लागी चाहिने भयो १५ लाख रुपैंया, छोरा बचाईदिनका लागी डाँगीले गरे सहयोगको अपिल ।

वि.सं.२०८० माघ १५ सोमवार १३:१२

काठमाडौं । कलाकार दिनेश डाँगीले यति बेला छोराको उपचारको लागि...

टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)

टिका भुजेल र आशा बिश्वकर्माको अभिनयमा “पुरानो माया” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८० माघ १५ सोमवार १२:४१

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

“मलाई लैजाउ” भन्दै आए साम्बेद अधिकारी

वि.सं.२०८० माघ १५ सोमवार ११:००

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...