“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” मा को को बने बिजेता ? हेर्नुहोस् बिबरण सहित

काठमाडौं / नेपाल

“हाम्रो अभियान अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनामा “संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” भब्य रुपले सम्पन्न भएको छ । यस प्रतियोगिता सोही समितिका अध्यक्ष सुजन बराईलीको अध्यक्षतामा सम्पन्न भएको हो भने केन्द्रिय अध्यक्ष रमेश बिजिको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा बहुचर्चित कलाकारहरु पशुपति शर्मा, शंकर बिसि, राधिका हमाल, रमेशराज भट्टराई, श्रीकृष्ण बम मल्ल, पुर्णकला बिसि, शान्ती श्री परियार, मञ्जिता केसि लगायत थुप्रै चर्चित कलाकार, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” मा निर्णायक संयोजक रामजी खाण रहेका थिए भने निर्णायक मण्डलका सदस्यहरुमा बहुचर्चित कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, राजु ढकाल, शिव हमाल, पिएन सापकोटा आदी रहेका थिए ।

प्रतियोगिताको औपचारिक कार्यक्रम सञ्चालन सचिब रोशन गैरेले गरेका थिए भने सो प्रतियोगिताको कार्यक्रम सञ्चालन सञ्चारकर्मी तथा गायक राजकुमार रायमाझीले गरेका थिए ।

“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” मा कमलादी समितिकी पबित्रा सतुङ्गी मगर प्रथम, नयाँ बसपार्क समितिका किरण बिसि द्वितीय, नयाँ बसपार्क समिती कै प्रकाश रसाईली तृतीय, लाजिम्पाट समितिका निश्चल गुरुङ्ग सान्त्वना हुन सफल भएका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार रुपैयाँ नगद पुरस्कार सहित गीतको अडियो र भिडियो निर्माण गरिदिने ब्यवस्थाको रहेको थियो भने द्वितीय हुनेलाई १५ हजार रुपैयाँ नगद पुरस्कार, तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार, सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार रहेको थियो ।

यस प्रतियोगितामा प्रायोजन जापानमा बस्ने समाजसेवी ब्यक्तित्व धन थापाले गरेका थिए भने प्रथम पुरस्कार प्रायोजन बागेश्वरी खड्का हाउजिङ्ग डेभलपर्स, द्वितीय पुरस्कार हङकङ बस्ने गीत संगीतप्रेमी उपेन्द्र बिश्वकर्मा, तृतीय पुरस्कार म्याग्दी धौलागिरी गहना पसल, गोङ्गबु, काठमाडौं आदिले प्रायोजन गरेका थिए । प्रतियोगितालाई सफल बनाउन थुप्रै ब्यक्ती तथा संघ संस्थाहरुले सहयोग गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेलाई बिग परिबेश रेकर्डिङ स्टुडियोले नि:शुल्क गीत रेकर्डिङ गरिदिने, लोकप्रिय संगीतकार / गायक श्रीकृष्ण बम मल्लले नि:शुल्क गीत सृजना गरिदिने, चर्चित गायक कुलेन्द्र बिश्वकर्माले नि:शुल्क गीत गाईदिने, चर्चित मोडल एबम निर्देशक शिवन पोखरेलले सुटिङ्गका लागि आवश्यक ईकुप्मेन्टहरु नि:शुल्क उपलब्ध गराउने र अभिनय गरिदिने, लोकप्रिय मोडल मञ्जीता केसिले नि:शुल्क अभिनय गरिदिने, मनास्लु पोस्टका मन बहादुर पुनले नि:शुल्क छायांकन गरिदिने, चर्चित भिडियो सम्पादक बिरेन्द्र भाट “बिपिन” ले नि:शुल्क भिडियो सम्पादन गरिदिने, क्रीयटिभ आई टुर एण्ड ट्राभल्सका दिपेन्द्र प्रकाश केसिले सुटिङ्गका लागि आवश्यक यातायातको ब्यवस्था गरिदिने, रमेश सेञ्चुरीले नि:शुल्क एरेञ्ज गरिदिने, सबैको ब्यवस्थापन पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले गरिदिने घोषणा भएर उहाँहरुलाई समेत सम्मान गरिएको थियो ।

“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” को अवसरमा लोक गीत संगीतमा लामो समय देखि योग्दान पुर्‍याएको भन्दै वरिष्ठ लोक गायक / सर्जक कृष्ण सुधा ढुंगानालाई सम्मान गरिएको थियो । उक्त प्रतियोगितालाई सफल पार्न आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान पत्र तथा मायाको चिनोले सम्मान गरिएको थियो । “संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” लाई सफल पार्न ६०% भन्दा बढी प्रायोजक / सहयोग संकलन गर्न सफल भएको र उत्कृष्ट ब्यवस्थापन गरेको भन्दै पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” लाई दोसल्ला ओढाई सम्मान पत्र सहित विशेष सम्मान गरिएको थियो ।

“संस्थागत एकल लोक गायन प्रतियोगिता – २०७९” लाई सभ्य तथा भब्य रुपमा सफल पार्न सहयोग गर्नुहुने सहयोगीदाता, प्रायोजक, पुरस्कार प्रायोजक, सम्पुर्ण समिती, कलाकार / पत्रकारहरु प्रती आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै साथ सपोर्टको अपेक्षा गरेको कुरा अध्यक्ष सुजन बराईलीले बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

गायक एबं सर्जक मिन प्रकाश ओलीको देशप्रेमी गीत “के भयो जगतमा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १५ मंगलवार १२:१४

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सरला–कुमार अक्षय कोषद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वि.सं.२०८३ वैशाख १५ मंगलवार ०६:३५

काभ्रे — तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्य र माओवादीबीचको भिडन्तमा...

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

नेपालमै पहिलो पटक आयोजना गरिएको “गौविज्ञान कथा” कार्यक्रम दुई दिनसम्म सञ्चालन भई सफलतापूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख १४ सोमवार ११:२०

काठमाडौं — नेपालमै पहिलो पटक आयोजना गरिएको "गौविज्ञान कथा" कार्यक्रम...

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी, ६८ परिवार सरकारको सम्पर्कमा

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:२०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र...

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

लोक दोहोरी गायिका बिमला सुनारको कौराह गीत “कालीगंगा” सार्वजनिक

वि.सं.२०८३ वैशाख १२ शनिवार १३:०१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:४१

काठमाडौं। नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि...