राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको तेस्रो ऐतिहासिक अधिवेशनबाट को को निर्वाचित भए त ? थाहा पाउनुहोस्

काठमाडौं । राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको तेस्रो ऐतिहासिक अधिवेशनबाट ९ नयाँ कार्यसमिति सदस्सीय चयन भएको छ ।

शनिबार राजधानीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा गुणराज खनाल, उपाध्यक्षमा दिपसागर थापा, महासचिवमा भिम श्रेष्ठ, सचिवमा शिव जि पौडेल, कोषाध्यक्षमा नवराज पाण्डे, सह कोषाध्यक्षमा शंकर अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यमा दिलु सलामी मगर, शुनिल लामिछाने र राम भण्डारी रहेका छन् ।

रिमबहादुर खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व रक्षामन्त्री भिमसेनदास प्रधान रहेका थिए भने विशिष्ट अतिथिमा काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजाल, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, गोंगबु प्रहरी प्रभागका प्रहरी प्रमुख सुमन न्यौपाने लगायत थिए ।

कार्यक्रममा सभापति खत्रीले राष्ट्रिय लोक दोहोरी व्यवसायी संघलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने माग गरे । उनले राजधभानीमा धेरै दोहोरी साँझ तथा रोधी घर रहेको जनाउँदै कोरोनाको समय हजारौँ कलाकरहरु मर्कामा परेको सुनाउँदै लकडाउनको समयमा बन्द भएका केही दोहोरी साँझ हालसम्म पनि पूर्ण रुपमा पहिलेको अवस्थामा फर्किन नसकेको गुनासो गरे ।

त्यस्ता दोहोरी साँझको समस्यालाई सरकारले ध्यान दिएर सहयोग गर्न सभापति खत्रीले आग्रह गरे । नेपाल सरकारका पूर्व रक्षामन्त्री प्रधानले कलाकार राष्ट्रको सौन्दर्यता भल्काउने अभिन्न अंग भएको जनाउँदै राजनीतिक समेत तवरले आफूले विषेश प्राथमिकतामा राख्ने बताए ।

उनले भने, ‘जुनसुकै क्षेत्रका कलाकार भए पनि राज्यमा सौन्दर्यता भल्काउने भित्र पर्छन्, कलाकारीतामा राजनीति विस्तारै देखाएर फरक ढंगबाट थप सुदृढ गर्दै लैजानु आवश्यक छ ।’ कार्यक्रममा वडा १६ का अध्यक्ष रिजालले कलाविना आमजनतालाई मनोरञ्जनमा रम्न समस्या हुने उल्लेख गर्दै कला क्षेत्रको समस्या समाधान गन आफू हरदम तयार रहने बताए ।

उनले कलाकारले पनि मौलिकतामा ध्यान दिएर आफ्ने व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । त्यस्तै, २६ नम्बरका अध्यक्ष तिवारीले आफ्नो कलाको सम्मान सबै कोणबाट हुनुपर्ने विचार व्यक्त गरे । आफ्नो वडाको तर्फबाट के सहयोग चाहिन्छ, त्यसमा दृढताले लाग्ने उनले बताए ।

प्रहरी प्रभाग गोंगबुका प्रहरी प्रमुख न्यौपानेले दोहोरी साँझ सबै एकै ढंगले सञ्चालन भएको आफूले नपाएको बताए । केही दोहोेरी साँझमा खराब व्यक्ति प्रवेश गर्ने, केही दोहोरी तोकेको समयभन्दा बढी सञ्चालन गर्दा झैँझगडा हुने गरेको भन्दै त्यसमा दोहोरी साँझ सञ्चालकले ख्याल गर्नुपर्ने उनले बताए ।

उनले त्यस्ता कार्य गर्ने केही सञ्चालक तथा ग्रहाक बनेर जाने व्यक्तिलाई कानूनी कारवाही गर्नुपरेको सुनाउँदै अब–आइन्दा यसमा ध्यान दिन आग्रह गरे । साथै, प्रहरी प्रमुख न्यौपानेले राम्रोसँग सञ्चालन हुने दोहोरी साँझहरुमा प्रहरीले सुरक्षा दिने समेत बताए ।

उनले भने, ‘सबै दोहोरी एकै प्रकारबाट सञ्चालन भएको पाइँदैन, केही त्यस्ता पनि छन्, सरकारले मापदण्ड तोकेभन्दा बढी समय सञ्चालन हुने र गलत नियत भएका व्यक्ति प्रवेश गरेर झैँ झगडा–कुटपिट हुने हुँदा प्रहरीले कानूनी कारवाही गर्ने गरेका छौँ, प्रहरीले त्यतिकै दुःख दिने काम गर्दैन, यसमा सञ्चालक र ग्रहाक दुवै पक्षले ध्यान दिनुपर्छ ।

नवनिर्वाचित अध्यक्ष गुणराज खनालले आगामी दिनमा फरक ढंगले संस्था अघि बढाएर त्यस्तो कार्यबाट जोगाउन आफू लागिपर्ने बताए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...