“एकल लोक गायन प्रतियोगिता – २०७९” मा प्रथम हुनेलाई २५ हजार रुपैयाँ र गीतको अडियो / भिडियो निर्माणको अवसर

काठमाडौं / नेपाल

“हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितीको आयोजनमा “एकल लोक गायन प्रतियोगिता – २०७९ यहि असार २५ गते शनिबारका दिन हुने भएको छ ।

यस प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार रुपैयाँ र गीतको अडियो भिडियो निर्माण, द्वितीय पुरस्कार १५ हजार रुपैयाँ, तृतीय पुरस्कार १० हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिता मधुवन रोधी घर, मित्रनगर बसपार्क, काठमाडौंमा हुने भएको छ ।

“एकल लोक गायन प्रतियोगिता – २०७९” लाई अहिले समयको अभाव र छोटो समयमा प्रतियोगिता सम्पन्न गर्नु पर्ने भएको हुँदा संस्थागत प्रतियोगिता गराईएको सोही समितिका अध्यक्ष सुजन बराईलीले बताएका छन् । प्रतियोगितामा प्रतिष्ठानमा आबद्ध भएको ब्यक्तिले मात्र भाग लिन पाउने छन् ।

प्रतियोगितामा भाग लिन शाखा तथा अन्य समितीले प्रतियोगी पठाएको जानकारी गराउदै पत्र सहित प्रतियोगी पठाउनु पर्ने नियम रहेको कुरा अध्यक्ष सुजन बराईलीले जानकारी गराए । साथै यस प्रतियोगितालाई सफल बनाउनसबैले आ-आफ्नो तर्फबाट सहयोग गरिदिनका लागि अध्यक्ष सुजन बराईलीले अनुरोध गरेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

रामकृष्ण ढकाल, तृप्ती खड्का गुरुङ्गको युगल स्वरमा “छ माया छपक्कै” सार्वजनिक

वि.सं.२०८२ जेठ ५ सोमवार ०६:५४

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

वि.सं.२०८२ जेठ ४ आइतवार १२:५५

काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ...

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

लोक दोहोरी ब्यवसायी संघ केन्द्रिय समितीको आयोजनामा “स्वागत तथा भेटघाट कार्यक्रम” सम्पन्न

वि.सं.२०८२ जेठ ४ आइतवार ०५:५४

काठमाडौं। जेठ ३ गतेका दिन "लोक दोहोरी ब्यवसायीहरुको एक्यबद्धता, कला...

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

गायक एबं संगीतकार गोबिन्द मधुर आचार्यको नयाँ गीत “केलाई हतार” सार्वजनिक

वि.सं.२०८२ जेठ २ शुक्रवार ०९:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

दशक पत्रकारिता सम्मानद्धारा सबिता पोखरेल नगद रु ११,१११/- सहित सम्मानित

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:४३

काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा...

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक

वि.सं.२०८२ जेठ १ बिहीवार ०५:२६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...