अखिल नेपाल खेलकुद महासंघ ललितपुरको आयोजनामा जिल्ला समितिको प्रथम भेला सम्पन्न

ललितपुर  / अखिल नेपाल खेलकुद महासंघ ललितपुरको आयोजनामा जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको छ । रास्ट्रीय खेलकुद परिषदका उपाध्यक्ष तथा अखिल नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष शिव कोइराला (ज्वाला ) को प्रमुख आथित्यता र जिल्ला ईन्चार्ज कविराज मालीकाे अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ ललितपुर जिल्ला समितिको प्रथम भेला सम्पन्न भएको छ ।                                                                                                                                                                                                                                                                              ललितपुर जिल्ला खेलकुद विकास समितिकाे सभा हलमा सम्पन्न महासंघ ललितपुरको अध्यक्षमा बिमल कुमार अछामी, उपाध्यक्षमा रत्न अवाले, अमुल्य राना, संघर्ष पहरी निर्वाचित भएकाछन् । त्यसैगरी काेषाध्यक्षमा सिता जि.सी सचिवमा साजन महर्जन, सह-सचिवमा निरन्जन भण्डारी, राजिव मास्के, सुशान्त मगर, ढावा लामा र प्रताप सिंह बल सहित ३७ जनाकाे जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएका छन । महासंघले जिल्ला ईन्चार्जमा कविराज माली र सह-ईन्चार्जमा संजय लामालाई यस अघि नै जिम्मेवारी दिईएकाे छ । देश भरका खेलाडीहरुको हकहित र संरक्षणको लागि संगठनले प्रमुख भुमिका निर्वाह गर्ने कुरा नव निर्वाचित अध्यक्ष बिमल कुमार अछामीले बताए ।

सो जिल्ला भेलामा कार्यक्रममा स्टार आर्ट नेपाल बालकुमारी, ललितपुरका साना साना विद्यार्थीहरुको फ्लिप्स एन्ड डेमोस्ट्रेशन प्रस्तुतिले सबैको ध्यान तान्न सफल भए,साथै कार्यक्रममा नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्लाका युवा नेता भरत पराजुली, महासंघका केन्द्रीय उपाध्यक्ष दिपक महर्जन, महासचिव अन्जन धमला, सचिव धनकुमार मैनाली, सदस्य दिपेन्द्र श्रेष्ठ लगाएत विभिन्न खेलका प्रशिक्षक र खेलाडीहरुकाे बाक्लो उपस्थिति रहेकाे थियाे ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...