गीतकार देबी पराजुलीको नयाँ तीज गीत “लगनको सारी” सार्वजनिक

काठमाडौं / नेपाल

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज विशेष गीतहरु बजारमा आउने क्रम जारी छन् । सोही क्रममा गीतकार देबी पराजुलीको नयाँ तीज गीत “लगनको सारी” को म्युजिक भिडियो OSR digital को युटुब मार्फत सार्वजनिक भएको छ ।

चुलोचौंको मेलापात देखि नारीहरु राज्य संचालन साथै नीति निर्माणको उच्च स्थानमा पुग्न सकेको, विभिन्न प्राबिधिक ज्ञान देखि उच्च शिक्षा हासिल गरेकोले नारीहरुमा निरासाबाट खुशीमा परिणत हुदै गएको भाव समेत उक्त गीतले समेटेको छ ।

धनको उचित सदुपयोगको साथै धन भन्दा मन ठूलो हुन्छ भन्ने सन्देश दिएको यस गीतको संगीत ज्योति प्रकाशले गरेका हुन् भने बिन्दु परियारको स्वर रहेको छ । यस गीतलाई चर्चित एरेन्जर सुदिप सागरले एरेन्ज गरेका हुन् ।

भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वार्ड नं.७ गुण्डुमा रहेको रणबम पार्टी तथा आत्मा सुद्धिकरण देवालय, किवाचोक र वरपर छायांकन गरिएको हो । उक्त भिडियोमा विभिन्न क्षेत्रका क्रियाशिल महिलाहरु तथा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त स्थानको ब्यबस्थापन सांसद महेश बस्नेत श्रीमती अम्बिका बस्नेत, राजु थापा तथा दिनेश थापाले गरेका थिए ।

सो गीतको भिडियोमा गोबिन्द अञ्जान र दिपेन्द्र प्रकाश केसीले संयुक्त रुपमा निर्देशन गरेका हुन् दिपेश बिष्टको कोरियोग्राफी, महेश महराको छायांकन, दिपक बिष्टको सम्पादन रहेको छ । यस गीतमा दिब्यानी ओलीको मुख्य अभिनय रहेको छ ।

सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नु होला ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

सुनितामी परियारको मौलिक गीत “सुनिमायालाई” चर्चामा (भिडियो सहित)

वि.सं.२०८१ जेठ ६ आइतवार ०९:०६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

भाजपाकाे उम्मेदवारकाे रूपमा चुनावी मैदानमा उत्रिए पियुष गोयल

वि.सं.२०८१ जेठ ५ शनिवार १३:०१

काठमाडौं । मुम्बई नार्थकाे लाेकसभा सिटमा भाजपाकाे बलियाे पकड छ...

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

आर.एन. बि. शैलीमा “माया” बोलको गीत सार्वजनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०८:०४

काठमाडौं । र्याप गीत बाट आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका...

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

गायक पुरूषोत्तम गैरेको नयाँ लोक दोहोरी गीत “सेती लुकेनी” सार्व‍जनिक

वि.सं.२०८१ जेठ ३ बिहीवार ०७:४२

काठमाडौं । दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार...

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०९:३८

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा...

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

“राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” भब्य रुपमा सम्पन्न, को को बने त बिजेता ?

वि.सं.२०८१ वैशाख २७ बिहीवार १५:३४

काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका...