स्पेनको बार्सीलोना शहरमा गोपाल योन्जनको जन्म जयन्ती तथा स्मृति दिवस भब्य रुपमा मनाइयो

स्पेनको बार्सीलोना शहरमा गोपाल योन्जनको जन्म जयन्ती तथा स्मृति दिवस भब्य रुपमा मनाइयो। उक्त कार्यक्रमको संयोजक बिश्व कलाकार संघ स्पेनका उपाध्यक्ष बरिस्ठ नृत्य निर्देशक अजय लोप्चनले स्वागत मन्तव्य राख्नुका साथै कार्यक्रमको बारेमा प्रकाश पार्दै स्पेनमा बसोबास गर्दै आएका गैर आवासिय नेपालीहरुलाइ संगीतको माध्यमबाट एक बनाउदै नेपाली सस्कार र संस्कृतीको बारेमा जानकारी र नयाँ पिढिलाई नेपाली संस्कार र संस्कृती पुस्ता हस्तान्तरण गर्ने उदेश्य यस संस्थाको रहेको बताउनु भयो। उक्त कार्यक्रमका सभापति बिश्व कलाकार संघका अध्यक्ष डिक कार्कीले औपचारिक कार्यक्रमको समापन संगै गोपाल योन्जनको योगदानबारे बोल्नु भयो।

उक्त कार्यक्रमका मुख्य आकर्षक चर्चित कलाकार कृष्ण रेउलेले आफ्नो दमदार प्रस्तुतिले सबैलाइ मनोरञ्जन दिनु भएको थियो भने उक्त कार्यक्रममा स्पेनिस कलाकारहरुको समेत प्रस्तुती थियो। बरिस्ठ बासुरीबादक बिनोद कटुवालले गोपाल योन्जनका केही गीतहरुका धुन बासुरी मार्फत प्रस्तुत गरेका थिए।

अन्तमा दोहिरी प्रतिष्ठान युरोप शाखा कि निवर्तमान अध्यक्ष गायिका सुमी घिमिरे सापकोटा र अथिती कलाकार कृष्ण रेउले बिच घम्साघम्सी दोहोरी चलेको थियो। उक्त कार्यक्रम हरेक बर्ष निरन्तर गर्दै लैजाने जानकारी आयोजक संस्थाले बताएको छ।

सो कार्यक्रमको संयोजक अजय लोप्चनले स्वागत मन्तब्य राख्नु भएको थियो । उक्त कार्यक्रममा स्पेन बार्सीलोनामा रहेका सम्पुर्ण नेपाली संघ संस्थाहरुका ब्याक्तित्वहरुको आतिथ्यता तथा उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...