गुरुङ चलचित्र “स्यु रु” को प्रदर्शन युकेमा हुँदै

मनोरन्जनात्मक शैलीमा एउटा संस्कारलाई नजिकबाट प्रस्तुत गरिएको गुरुङ भाषाको चलचित्र ‘स्युरु’ (भावनाको गाँठो) यूकेमा प्रदर्शन हुने भएको छ ।

 

आउँदो सेप्टेम्बर ९ तारिख २०२२ का दिन एम्पायर हल अल्डरसटमा साँझ ६ बजे चलचित्र स्युरु प्रदर्शनको तयारी रहेको संस्कृतिका जानकार एकेन्द्र गुरुङले जानकारी दिए । उनले चलचित्र हेरेर लोप हुँदै गइरहेको संस्कारलाई सुझावस्वरुप प्रतिक्रिया दिनसमेत अनुरोध गरेका छन् । चलचित्र सोम गुरुङको निर्देशनमा बनेको हो ।

‘गुरुङ संस्कृति र कलामा धनी मानिन्छ । यद्यपि आज बसाइँसराईको कारण गुरुङ भाषा, संस्कार र संकृति लोपोन्मुख अवस्थामा छ । भाषाविद्हरु चलचित्रको सम्वादहरु, गीतहरु, भिडियोहरु, भिजुअलहरु र धर्मगुरुहरुले वाचन गर्ने शास्त्रको मन्त्र, श्लोकको वचनहरु नै यसलाई बचाउने सजिलो उपाय भन्छन् ।

 

गुरुङले भनेका छन् “चलचित्र हेर्न मनोरञ्जनमात्रै नभएर भाषा र संस्कृति प्रवर्द्धन पनि हो भन्ने बुझेर चलचित्र स्युरु हेर्न आइदिनुहुन अनुरोध छ ।” उक्त चलचित्र ‘स्यु रु’ काठमाडौ र पोखराका विभिन्न गाउँमा च्यारिटी सो गरिएको थियो । उक्त चलचित्रलाई हेर्ने दर्शकहरुले निकै उत्कृष्ट बनेको प्रतिक्रिया व्यक्त गरेका थिए ।

 

प्रदर्शनका बारेमा जानकारी आवश्यक परे मेजर डमर घले, एकेन्द्र गुरुङ र जुमकाजी गुरुङलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

दोहोरी साँझहरुमा देखाइने अपाच्य श्रव्य दृश्य सामाग्री प्रति “राष्ट्रिय लोकदोहोरी व्यवसायी संघ” द्धारा ध्यानाकर्षण (बिज्ञप्ती सहित)

वि.सं.२०८० असोज १६ मंगलवार १६:३४

काठमाडौं, असोज १५ । पछिल्लो समय व्यवसायिक रुपमा सञ्चालित विभिन्न...

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

सिडी विजय अधिकारीको स्वरमा “जीवनको रेल” सार्वजनिक

वि.सं.२०८० असोज १६ मंगलवार ०२:३७

दुई हप्ता अगाडि गायिका समीक्षा अधिकारीको स्वरमा बजारमा आईसकेको "जीवनको...

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

किरणबाबु पुनको आवाजमा “पिपल बोट मुनी” बोलको गीत सार्वजनिक

वि.सं.२०८० असोज १५ सोमवार ११:४६

काठमाडौं । लोकप्रिय भारतिय गायिका सञ्जीवनी र गायक तथा संगीतकार...

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

लोकप्रिय सञ्चारकर्मी, गायक राज कुमार रायमाझी “लोक पत्रकारिता सम्मान” द्धारा ११,१११/- नगद पुरस्कार सहित सम्मानित

वि.सं.२०८० असोज १५ सोमवार ११:३४

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

चर्चित मोडल एबं डान्सर रुबिना अधिकारीले “सर्बाेत्कृष्ट नायिका नृत्य” बिधाबाट अवार्ड पाउन सफल

वि.सं.२०८० असोज १५ सोमवार १०:५५

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका...

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

अभिनेता अनमोल केसी ठगीको आरोपमा पक्राउ

वि.सं.२०८० असोज १२ शुक्रवार १५:२३

काठमाडौँ । अभिनेता अनमोल केसी पक्राउ परेका छन् । ठगीको...