नेपाली कांग्रेसको तर्फबाट काभ्रे–२ ‘क’ बाट चौलागाईंको नाम सिफारिस, विकासप्रेमी नेता परेको भन्दै कार्यकर्तामा खुसीयाली

काठमाडौं । नेपाली कांग्रेस काभ्रेले क्षेत्र नम्बर २ ‘क’ बाट युवा नेता होमराज चौलागाईंको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ । स्थानीय स्तरमा सामाजिक कार्यबाट आफ्नो लोकप्रिय र विकासप्रेमी युवा नेताको छवि बनाएका चौलागाईंलाई काँग्रेसको जिल्ला समितिले सिफारिस गरेको हो ।

समाजसेवीको रुपमा परिचित नेता चौलागाईं सफल उद्यमीसमेत हुन् । नेपाली कांग्रेसमा मात्र नभै निष्पक्ष रुपमा सबैको प्रिय नेताका रुपमा परिचित उनी जनजनमा बस्न सफल मानिन्छन् । नेता चौलागाईं कांग्रेस बाग्मती प्रदेशका सदस्य पनि हुन् । उनलाई प्रदेशसभामा लैजानको लागि उक्त क्षेत्रका जनताले नेतृत्वसमक्ष दबाब सिर्जना गरेका थिए । जिल्ला नेतृत्वले उनको नाम सिफारिस गरेर पठाएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

कोरोना महामारीको बेलामा उनले खेलेको भूमिका र विकासप्रतिको लगावको कारण उक्त क्षेत्रका जनताले उनलाई यसपटक सदनमा देख्न चाहेका छन् । चौलागाईंले नेतृत्व दिएका संस्थाहरुले हजारौंको संख्यामा रोजगारी सिर्जना गरेका छन् ।

स्थानीयहरुले पार्टीको जिल्ला नेतृत्वले राम्रो निर्णय गरेको र पार्टीको केन्द्रीय नेतृत्वले पनि स्थानीय जनताको भावनाको कदर गरेर निर्णय गर्नेमा आफूहरु ढुक्क रहेको प्रतिक्रिया दिएका छन् । यसअघि समाजसेवीको रुपमा जनताको विश्वास जितेका चौलागाईंलाई जनअनुमोदित जनप्रतिनिधिको रुपमा चुन्न पाउनु आफूहरुको भाग्य भएको स्थानीय जनताको भनाई रहेको छ ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

प्याब्सन लिटिल आइडलको नयाँ संस्करण सुरु

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४७

काठमाडौं। शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे...

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

लोकप्रिय मोडल सम्झना बुढाथोकीको तीज गीत “अत्तिनै गाह्रो भो” सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार १२:५१

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह “मौन छ देश” र दुई गीत सार्वजनिक

वि.सं.२०८३ साउन १८ सोमवार ०६:४२

काठमाडौं। कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह "मौन छ...

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

रबिना चौहानको तीज बिशेष गीत “सोचे झै भएन बिहे बरिलै” सार्वजनिक

वि.सं.२०८३ साउन १५ शुक्रवार १०:१८

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

प्रदिप बराईलीको तीज बिशेष गीत “रन्काईदेउ मादलु रिनिनी” सार्वजनिक

वि.सं.२०८३ साउन १४ बिहीवार १८:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

जनसांकृतिक महासंघ नेपालले यही १८ गते प्रगतिशील श्रष्ठा सम्मान र जागरण सम्मान कार्यक्रम गर्ने

वि.सं.२०८३ साउन १२ मंगलवार १०:४७

काठमाडौं। जनसांकृतिक महासंघ नेपालले साउन १८ गते ईतिहास मै पहिलो...