“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” सम्पन्न 

काठमाडौं / नेपाल

“श्रष्टा, सम्मान र समय हाम्रा आधार हुन्” भन्ने मुलनारा सहित धौलागिरी साँस्कृतिक समितिको आयोजनामा भदौ २५ गते राजधानीमा “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” सम्पन्न  भएको छ ।

यस कार्यक्रममा अध्यक्ष कृष्ण समीप सुबेदीको अध्यक्षता रहेको थियो भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा धौलागिरी समाज नेपालका अध्यक्ष केदार आचार्य, धौलागिरी समाज नेपालका उपाध्यक्ष भक्तराज भुसाल, स्व. कवि भुपी शेरचन कि धर्मपत्नी कान्ति शेरचन, नेपाल राष्ट्र बैंकका म्यानेजर डिलाराम सुबेदी, वरिष्ठ कलाकार प्रेमदिप गिरि, बहुचर्चित कलाकारहरु बिमलराज क्षेत्री, श्रीकृष्ण बम मल्ल, वसन्त थापा, लक्ष्मी मल्ल, दुर्गेश थापा, प्रकाश सपूत लगायत अन्य चर्चित कलाकार र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा औपचारिक कार्यक्रम सचिब सुजन बराईलीले सञ्चालन गरेका थिए भने साँस्कृतिक कार्यक्रमको सञ्चालन सपना रोका र राजेश बर्देवाले सञ्चालन गरेका थिए । यस कार्यक्रममा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” ले मिडिया संयोजकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा उपाध्यक्ष राजन भुजेल बिश्वकर्माले स्वागत मन्तब्य राखेका थिए ।

“धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा बागलुङको नचरी, म्याग्दीको यानिमाया, पर्बत पाङको शिव पार्बती भजन र मुस्ताङको थकाली नाच सँगै थालीनाच, सालैजो, नौमती बाजा आदी सो कार्यक्रममका मुख्य आकर्षण थिए । साथै  कार्यक्रममा गीत संगीतको माध्यमबाट धौलागिरीलाई देश तथा बिदेशभर चिनाउन सफल कलाकार बिमलराज क्षेत्री, प्रकाश सपूत, देवी घर्ती, ईश्वर सिंह लगायतका चर्चित कलाकारहरुको प्रस्तुतीले दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।

 
धौलागिरी साँस्कृतिक समितिद्वारा आयोजित “धौलागिरी संगीत उत्सव एबं दोस्रो धौलागिरी स्रस्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम – २०७९” मा साहित्य सम्मान तर्फ स्व. कवि भुपी शेरचन कि धर्मपत्नी कान्ति शेरचन, खेलकुद सम्मान तर्फ राष्ट्रिय महिला भलिबल कि कप्तान अरुणा शाही, पत्रकारिता सम्मान तर्फ नारायण अमृत, धौलागिरी विशेष सम्मान तर्फ प्रकाश सपूत, धौलागिरी युवा सम्मान तर्फ प्रल्हाद सुबेदी, देवि घर्ती मगर, दिपक शर्मा र आशिष अबिरल, धौलागिरी साधाना सम्मान तर्फ वरिष्ठ संगीतकार बिबि अनुरागी र वरिष्ठ कलाकार प्रेमदेव गिरि सम्मानित भएका थिए ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...