राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गोरखा शाखाको नयाँ कार्यसमिति चयन, अध्यक्षमा हरिराम परियार निर्वाचित

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति गोरखा शाखाको अध्यक्ष पदमा हरिराम परियार निर्विरोध चयन भएका छन् ।

शुक्रबार गोरखा सदरमुकाममा भएको १३ औं साधारण सभा तथा सातौ अबिधेशनबाट अध्यक्ष पदमा परियार निर्बिरोध निर्बाचित भएका हुन् । यसभन्दा अगाडि सचिबको जिम्मेवारी सफलता पुर्बक निर्बाह गरेका लोक दोहोरी गायक हरिराम परियार अध्यक्ष बन्न सफल भएका हुन् । सामाजिक क्षेत्रमा निकै अग्रपक्तिमा मानिएका परियार विभिन्न संघ संस्थाहरुमा नेतृत्व लिदै आएका छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पन्त, द्धितिया उपाध्यक्ष सुनिल लामिछाने, महिला उपाध्यक्षमा रिना थापा मगर, सचिबमा केशब वगाले, सह सचिब सुनिमा गुरुड, कोषाध्यक्ष अम्बर बहादुर थापा चुनिएका छन् ।

त्यस्तै सह कोषध्यक्ष रुपा गुरुङ, सदस्यहरु देब नारायण मगर, तिल कुमारी पोखरेल, सचिन भट्टराई, रायन बसेल, अमिस उपरकोटी, सम्झना लामिछाने, दिनेश थापा, बर्षा थापा, टिका गुरुङ, रेश्मा तामाङ, सृजन गुरुङ, पार्वति परियार, चिज कुमार गुरुङ, बिनोद रोका, राज गुरुङ र कविराज ढकाल निर्वाचित भएका छन् ।

निर्बतमान जिल्ला अध्यक्ष मिना गुरुडको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, बिषेष अतिथी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सचिब जिबन दाहाल ,अग्रज कलाकार रामचन्द्र अर्याल,प्रदेश अध्यक्ष सुरेन्द्र गुरुड ,सागर गुररुड ,शिब केसि ,सुमन बैरागी ,रबिन लामिछाने ,उद्योग बाणिजय संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र भगबान बाबु मास्के लगायतले विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

स्वागत मन्तव्य निबर्तमान उपाध्यक्ष नारायण दानीले राखेका थिए । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गोरखा शाखाले अग्रजकलाकार शिब केसिलाई सम्मान गरेको हो । त्यस्तै वर्षको उत्कृष्ट सदस्यको रुपमा हरिराम परियार ,बिकास नेपाली र रुपा गुरुडलाई सम्मान गरेको छ ्र कार्यक्रममा सचिब र कोषाध्यक्षले प्रतिबेदन पेश गरेका थिए । आगमी ३ बर्षाका लागि २४ सदस्यीय समिति निर्बाचित भएको नव निर्वाचित सचिब केशव वगालेले जानकारी दिएका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...