रियालिटी शो “हिमालय लोकस्टार नेपाल” को दोस्रो सिजनको निर्णायकमा लोकदोहोरीका बादशाहहरु रामजी खाँण र कुलेन्द्र बिश्वकर्मा

काठमाडौं, नेपाल । लोक गायनमा आधारित रियालिटी शो “हिमालय लोकस्टार नेपाल” को दोस्रो सिजन माघ ३ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ ।

 

शुक्रबार राती सम्पन्न “द भ्वाइस अफ नेपाल” को ग्राण्ड फिनालेमा उक्त शोको प्रसारण मिति घोषणा भएको हो । निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् । जस अनुसार हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि शो प्रसारण हुने भएको छ । रियालिटी शो “हिमालय लोकस्टार नेपाल” को दोस्रो सिजन को निर्णायकमा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र लोकगायक कुमार बस्नेत छन् ।

 

महत्वपूर्ण कुरा के छ भने यो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्ने भएकी छन् । ‘नम्रतालाई होस्टको रुपमा हार्दिक स्वागत गर्दछौं,’ लोकस्टारले जनाएको छ । यस अघि कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनको रुपमा गायक प्रकाश सपुतको नाम सार्वजनिक गरिएको थियो ।

 

नेपाल लोकस्टार- २ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल रहेका छन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ पुर्ण बैठक (चौथो घुम्ती बैठक) नुवाकोट दरबारमा सम्पन्न

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:००

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पाँचौ...

श्रमिकहरुको पहिचान, सुरक्षा र सम्मानका लागि गीत

श्रमिकहरुको पहिचान, सुरक्षा र सम्मानका लागि गीत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०५:२४

काठमाडौं ।  मनोरञ्जन तथा सत्कार क्षेत्रका श्रमिकका सवाललाई अब गीत...

वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

वियोगान्त कथा “गन्तव्य खोज्दै” मा कमल र मिशेलको अभिनय

वि.सं.२०८१ वैशाख १५ शनिवार ०४:४३

तुलसी गिरी "भाबुक" काठमाडौं ।   गरिबी र बेरोजगारीको कारण...

गायक एबं संगीतकार शोभित बिश्वकर्माको मौलिक गीत “मौरी घारैमा” सार्वजनिक

गायक एबं संगीतकार शोभित बिश्वकर्माको मौलिक गीत “मौरी घारैमा” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:०२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

सुनिल सुन्दास र रेनुका मगरको अभिनयमा “यो जिवन के छ र तिमी बिना” सार्वजनिक

सुनिल सुन्दास र रेनुका मगरको अभिनयमा “यो जिवन के छ र तिमी बिना” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०५:३५

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...

डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

डा.भोला रिजालको पृथक गीत “फुल भएर फुल्नु” सार्वजनिक

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०४:०३

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो...