उपत्यका समन्वय समितीको “छैठौं अधिबेशन – २०७९” भब्यताका साथ सम्पन्न, अर्जुन थापाको अध्यक्षतामा नयाँ कार्यसमिती गठन

प्रकाश बराईली “अभिब्यक्ती”

 

काठमाडौं, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको “१७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन – २०७९” भब्यताका साथ सम्पन्न भएको छ । यस “१७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन – २०७९” सुजन लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रतिष्ठान कै केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यता रहेको थियो ।

 

“१७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन – २०७९” मा प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरुङ, पुर्व अध्यक्ष प्रजापती पराजुली, पुर्व अध्यक्ष दुर्गा रायमाझी, पुर्व अध्यक्ष चन्द्र शर्मा, पुर्व कोषाध्यक्ष ईन्द्र जिसी, पुर्व महासचिव बिष्णु खत्री, प्रतिष्ठान की केन्द्रिय बरिष्ठ उपाध्यक्ष रिता थापा मगर, केन्द्रिय द्धितिय उपाध्यक्ष रामजी खाँण, केन्द्रिय महिला उपाध्यक्ष राधिका हमाल, केन्द्रिय उप महासचिव शिब हमाल, केन्द्रिय सचिव कुलेन्द्र बिक, केन्द्रिय सचिव कृष्ण रेउले, केन्द्रिय सचिव खुमन अधिकारी, सहकोषाध्यक्ष ईश्वरी भुसाल, सहकोषाध्यक्ष पुर्णकला बिसी, केन्द्रिय सदस्य तारानाथ आचार्य, केन्द्रिय सदस्य देबी घर्ती, केन्द्रिय सदस्य शंकर बिरही गुरुङ, पुर्व केन्द्रिय सदस्य राजु गुरुङ, केन्द्रिय सदस्य प्रकाश भट्ट, केन्द्रिय सदस्य महेन्द्र गौतम, केन्द्रिय सदस्य पिएन सापकोटा, केन्द्रिय सदस्य राज कुमार रायमाझी लगायत थुप्रै कलाकारहरुको बिशेष उपस्थिती रहेको थियो । “१७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन – २०७९” मा कडा प्रतिस्पर्धा भएको थियो । यस अधिबेशनमा कुल प्रतिनिधी २४३ रहेका थिए भने अतिथी, बिशिष्ट अतिथी सहित धेरै जनाको सहभागिता रहेको थियो ।

 

पुस २०, २१ गते सम्पन्न “१७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन – २०७९” बाट अध्यक्ष पदमा अर्जुन थापा भारी मतले बिजयी भएका छन् भने बरिष्ठ उपाध्यक्षमा रामु खड्का, प्रथम उपाध्यक्ष प्रसाद लामिछाने, द्धितिय उपाध्यक्ष मदन परियार, महिला उपाध्यक्ष शर्मिला कंडेल, सचिव रमेश बाबु थापा महिला सचिव सुनितामी परियार, कोषाध्यक्ष डोलराज बारघरे मगर सहकोषाध्यक्ष प्रितम थापा मगर, सहसचिवहरु दिनेश क्षत्री र राजेश ढकाल, महिला सदस्यहरु भुमिका गिरी, सबिता परियार, निरु श्रिस मगर र प्रतिभा सापकोटा निर्वाचित हुन सफल भएका छन् । त्यस्तै खुल्ला सदस्यहरुमा राजेश बर्देवा, रञ्जित परियार, प्रकाश पराजुली, बिशाल रायमाझी, प्रसाद खप्तडी, प्रकाश दुतराज, दिपेन्द्र पुन निर्वाचित भएका छन् ।

 

साथै उपत्यका समन्वय समिती अन्तर्गतका ९ वटै समितीको तर्फबाट मिरा गोर्खालाी, डोल्मा लामिछाने मगर, साधुराम रोका, निर आले, दिपक यात्री आचायए, बिमल परियार आर.सी. कोईराला, शैलेस राना मगर, अञ्चल शाही सुरक्षीत कोटाबाट सुरक्षित भएका छन् । अधिबेशन कै दिन क्षीतिज गुरुङ, प्रेम अर्याललाई मनोनित गरिएको कुरा निर्वाचन मण्डलले जानकारी गराएको छ ।

 

निर्वाचन मण्डलको संयोजकको रुपमा रामजी खाँण रहेका थिए भने निर्वाचन अधिकृतकोृ रुपमा अधिवक्ता सेमन्तमणी खरेल रहेका थिए । यस “१७ औं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन – २०७९” बाट नव निर्वाचित पदाधिकारीहरुलाई हाम्रो तर्फबाट हार्दिक बधाई एबम् सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न, को को भए त अवार्ड बिजेता र सम्मानित ?

वि.सं.२०८३ भदौ ७ आइतवार ०७:५६

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

चर्चित मोडल टिका जैसीको नयाँ गीत “गुस्सा किन” सार्वजनिक

वि.सं.२०८३ भदौ ३ बुधवार १३:१७

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

तीज नजिकिदै गर्दा शंकर बिसीको भाबुक स्टाटसः यसपाली म नेपाल नहुँदा खल्लो लागेको छ।

वि.सं.२०८३ भदौ २ मंगलवार १२:५५

काठमाडौं। लोकप्रिय मोडल एबं निर्देशक शंकर बिसी लोक दोहोरी क्षेत्रको...

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

चर्चित गायक राजु आर.डी. र सन्तोषी सुनारको स्वरमा “पोईला हिन्दिम होला” सार्वजनिक

वि.सं.२०८३ भदौ २ मंगलवार १२:००

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

वि.सं.२०८३ भदौ २ मंगलवार ११:३४

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७...

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

चर्चित गायिका निशा सुनारको नयाँ गीत “झ्याप छौ की साईलो दाई” सार्वजनिक

वि.सं.२०८३ साउन ३१ आइतवार १३:१३

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...