“२८५९ औं सोनाम ल्होसार बिशेष साँस्कृतिक कार्यक्रम” सम्पन्न

सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका कुन्चोक ३, खुतुमेडाँडामा ल्होसार कार्यक्रमको आयोजना गरेको थियो।

 

उत्थान केन्द्र नेपाल ईन्द्रावती २ को आयोजनामा “२८५९ औं सोनाम ल्होसार बिशेष साँस्कृतिक कार्यक्रम” नामक उत्थान केन्द्र नेपालकी अध्यक्ष सन्जुमाया तामाङको सभापतित्वमा भब्यताका साथ सम्पन्न भएको छ ।

 

कार्यक्रममा ईन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता, विशेष अतिथि गाउँपालिका उपाध्यक्ष शोभाना तामाङ,लामा गुरु ९दोर्जे लोपेन ओर्गेन० अतिथिहरु ईन्द्रावती गाउँपालिका वडा नम्बर २ अध्यक्ष श्याम शुभम गिरि, वडा नम्बर ३ का अध्यक्ष भिमसेन थापा लगायत ईन्द्रावती गाउँपालिकाका राजनीतिक दलका प्रतिनिधि साथै विभिन्न संघ संस्थामा आवद्ध सामजिक ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

सो कार्यक्रममा ख्याति प्राप्त स्थानीय सेलो गायक तेज थिङ्गले माहोल तताउन शुरु गरे संगै ईन्द्रावती युथ क्लब बाट रहेको ९ ट्रीकिङ्ग डेमोस्त्रेशन ० त्येस्तै गरि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको संस्कृति झल्काउने बेजोड नृत्यहरुको प्रस्तुतिले आनन्दित र मनोरञ्जन प्रदान गराई आयोजक टिमले प्रमुख अथिती, अतिथी लगायत उपस्थित दर्शकहरु सबैलाई नाच्न बाध्य तुल्याए र सबैको मन जित्न सफल भए ।

 

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष नेपालले प्रतिभावान स(साना भाइ बहिनिहरुलाई कार्यक्रम आयोजना गरि प्लेटफर्म उपलब्ध गराई स्थानीय कलाकारहरु उत्पादन गर्न सहयोग गरेको भन्दै आयोजक कमिटीलाई बधाई तथा शुभकामना दिए । यस्तै प्लेटफर्म र अवसरहरु दिन सक्यौं भने ईन्द्रावती गाउँपालिकामा राष्ट्रिय स्तरका कलाकारहरु जन्माउन सक्छौं भन्ने महशुस गरेको र सो कार्यमा ईन्द्रावती गाउँपालिकाको तर्फबाट अध्यक्ष नेपाल आफै पनि लागि परेको समेत जानकारी गराए ।

 

स्मरण रहोस उत्थान केन्द्र नेपाल ४ महिना अगाडि मात्रै ईन्द्रावती गाउँपालिका वडा नम्बर २ मा स्थापना भएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...