सुशील सुवेदीले आफ्नो बुवा आमाको सम्झनामा एक लाख एघार हजार एक सय एघार रुपैयाँको अक्षय कोष स्थापाना गरे
वि.सं.२०७९ माघ ११ बुधवार ०४:४७
काठमाडौं ।
सशस्त्र प्रहरी उपरीक्षक (अ.प्र.) सुशील सुवेदीले आफ्नो बुवा आमाको सम्झनामा एक लाख एघार हजार एक सय एघार (१,११,१११) रुपैयाँको अक्षय कोष स्थापाना गरेका छन् ।
मंगलबार रोल्पा जिल्ला सुनिल स्मृति गापा वडानं ६ गजुलस्थित जनज्योती मावीमा आयोजित कार्यक्रममा (अ.प्र.) सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बुवा ‘रेगबहादुर सुवेदी तथा आमा यमादेवी सुवेदी स्मृति’अक्षय कोष स्थापना गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेश थापाको अधक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज सुवेदीले स्वर्गीय रेगबहादुर सुवेदीले रोल्पामा शिक्षा क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।
सोही कार्यक्रममा शिक्षक अभिवावक संघका अधक्ष हिराबहादुर थापाले यस्तो संस्कार कुलबाट आउने जिजुबाजे मोतिरामले गजुलेको मिझिङका मानिसहरुको अन्न ब्याज तिरिदिएको साथै खडानन्द सुवेदी बाल कल्याण मा।विको अधक्ष हुँदा हजुरबुवा चन्द्रकान्त सुवेदी चन्दा दाताको तर्फबाट कोषाध्यक्ष भएको बताएका थिए ।
उक्त कार्यक्रममा अभिभावकको तर्फबाट पानीपोखराका वासुदेव सुवेदी ,क्वालिगाउँका दीपक बिकले पनि कोषले गरिव जेहेन्दार विधार्थीको भविष्य उज्जल हुने र कोष खडा गरेकोमा धन्यबाद दिएका थिए । उक्त कोषको ब्याजबाट विपन्न जेहेन्दार विधार्थीलाई वार्षिक रूपमा दिईने बताईएको छ ।
वि.सं.२०७९ माघ ११ बुधवार ०४:४७