“टिका पुन सांगीतिक साँझ” मा टिका पुन संगै नारायाण रामाझी देखी रामजी खाण सम्मको प्रस्तुती रहने

काठमाडौं, नेपाल । लोकप्रिय लोक तथा दोहोरी गायिका टिका पुनको “टिका पुन सांगीतिक साँझ” का लागी माघ १७ गते पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम २०७९ माघ २१ गते शनीबारका दिन काठमाडौं स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भब्य रुपमा सम्पन्न हुदैछ । कार्यक्रममा लोकप्रिय गायिका संगै नारायाण रायमाझी, खड्ग गर्बुजा, बिबि अनुरागी, मिलन लामा, राजु परियार, पशुपती शर्मा, रामजी खाण, किरणबाबु पुन लगायत अन्य कलाकारहरुको पनि प्रस्तुती रहने कुरा आयोजक पक्षले बताएको छ ।

पत्रकार सम्मेलनमा दर्पण संगीतालयका अध्यक्ष उदिराम खड्काको सभापतित्व रहेको थियो भने लोक स्वर सम्राट राजु परियारको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा कृष्ण कंडेल, मिना लामा मन बहादुर पुन, करिश्मा घर्ती, अमृत खाती, धनारज चुनारा, खुम केसी, राज कुमार रायमाझी लगायत अन्य कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चालन कमल सरगमले गरेका थिए ।

“टिका पुन सांगीतिक साँझ” दर्पण संगीतालयले आयोजना गरेको हो भने सत्यवती कला केन्द्रले सहकार्य गरेको हो । सुर्खेतमा जन्मिएकी बहुप्रतिभाशाली गायिका टिका पुनको कर्म घर दाङ हो । हालः उनले काठमाडौंलाई कर्मथलो बनाएकी छिन् । उनी बिभिन्न संघ संस्थाहरुमा पनी आबद्ध छिन् । टिका पुन दर्पण संगीतालयको कार्यक्रम सञ्चालिका समेत हुन् । साथै उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको निवर्तमान सह – कोषाध्यक्ष समेत हुन् ।

 

टिका पुनले सबै प्रकारका गीत गाउन सक्छिन् । केही समय अघी उनले राजु परियार सँग गाएको कती राम्रो दमाईको छोरो नामक लाईभ दोहोरीले अत्याधिक चर्चा कमाउन सफल भएको थियो । उनै लोकप्रिय गायिका टिका पुनले स्वर दिएका गीतहरु लालुपाते फुल छैन रुख मात्रै, सलल बगेको भेरी नदी, क्षितिज पारी उनको बस्तीमा, म पुजा गर्छु मायाको, ए बि सि डि, समाजको बन्धन, छोरी पाए, यो मार्मिक सन्देश, जुन पनी दाग छ, तिम्रो दर्शन पाईन, पोखरा फेवाताल घुम्नलाई, म त जुनी जुनी लगायत थुप्रै गीतहरुले चर्चा बटुल्न सफल भएका थिए ।

 

टिका पुनले ६ हजार भन्दा बढी गीतहरुमा स्वर दिईसकेकी छिन् । सानै छँदा गायनमा रुची राख्ने टिका पुनले बिगत १८ बर्ष देखी सांगीतिक क्षेत्रमा कर्म गर्दै आईरहेकी छिन् । “टिका पुन सांगीतिक साँझ” लाई भब्य रुपमा सफल बनाउन आयोजक टिमले कसरत गरिरहेको कुरा बताउदै सबैले आ आफ्नो तर्फबाट सहयोग गरिदिन कार्यक्रम संयोजक उदिराम खड्काले अनुरोध गरेका छन् ।

 

“टिका पुन सांगीतिक साँझ” आयोजना हुन गईरहेकोमा खुसी ब्यक्त गर्दै टिका पुन भन्छिन् “यो कार्यक्रम आयोजना हुनु मेरो लागी गर्वको कुरा हो । सर्वप्रथम त मेरा भगवानरुपी दर्शकहरुलाई नमन गर्न चाहन्छु । यस कार्यक्रमका संयोजक उदिराम खड्का दाई प्रती पनि आभारी छु । उदिराम खड्का दाईले मलाई दिनरात नभनी भोक निन्द्रा नभनी खटिनु भएको छ । सबैले मेरो कार्यक्रमलाई सभ्य भब्य रुपमा सफल बनाईदिनुहोला । साथै पत्रकार मित्रहरुले आफ्नो मिडियाबाट समाचार सम्प्रेषण गरिदिनुहोला । टिका पुन सांगीतिक साँझलाई भब्य रुपमा सफल बनाउन सबैले आ – आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

सुमन पण्डितको शब्द, संगीतमा मुस्ताङ चिनारी गीत “जोमसोम बजार” सार्वजनिक

वि.सं.२०८२ फागुन ७ बिहीवार ०७:१३

काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको चिनारी गीत ‘जोमसोम बजार’...

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

कला रेश्मी महतोको महाशिबरात्री बिशेष भजन गीत “डमरु” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:३६

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

लक्षु प्रकाश मल्लको शिव भजन गीत “भन्देउ शंकर भोला” सार्वजनिक

वि.सं.२०८२ फागुन २ शनिवार ०८:१२

काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय...

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

“तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड – २०२५” भब्य रुपमा सम्पन्न

वि.सं.२०८२ माघ २७ मंगलवार ०८:०८

काठमाडौं। "तेस्रो ईन्डो नेपाल सुजन म्युजिक अवार्ड - २०२५" भब्य...

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

गीतकार रोशन क्षत्रीको चुनाबी गीत “घन्टीमा भोट हाल्नी हो” सार्वजनिक

वि.सं.२०८२ माघ २५ आइतवार १०:०१

काठमाडौं। अहिले पछिल्लो समय चुनाबी महोल र चुनाबी चर्चा बढीरहेको...

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

म्युजिक भिडियो कलाकार संघ नेपालको “८ औं वार्षिक साधारण सभा तथा चौथो अधिबेशन २०८२” बाट बिमल अधिकारीको नेतृत्वमा बन्यो नयाँ कार्यसमिति

वि.सं.२०८२ माघ २५ आइतवार ०७:०६

काठमाडौं। म्युजिक भिडियो कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ...