नयाँ बसपार्क समितिको आयोजनामा “तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” भब्य रुपले सम्पन्न, को को बने त बिजेता ? बिबरण सहित

काठमाडौं, नेपाल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय नयाँ बसपार्क समितिको आयोजनामा “तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” भब्य रुपले सम्पन्न भएको छ । यस कार्यक्रममा सोही समितिका अध्यक्ष सुवास अस्लामी थापा मगरको अध्यक्षता र केन्द्रिय बरिष्ठ उपाध्यक्ष रिता थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

 

कार्यक्रममा केन्द्रिय निवर्तमान अध्यक्ष बद्री पंगेनी, केन्द्रिय उपमहासचिव शिब हमाल, केन्द्रिय सचिवहरु कृष्ण रेउले र हरी डाँगी, केन्द्रिय सदस्यहरु पिएन सापकोटा र राजकुमार रायमाझी, उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा, उपत्यका समन्वय समितिका निवर्तमान अध्यक्ष सुजन लम्साल लगायत धेरै कलाकारहरुको उपस्थिती रहेको थियो । तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता २०७९ मा १६ समुहले भाग लिएका थिए । “तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९”  संयोजकको रुपमा सोही समितिका सचिव प्रकाश रसाईली भाबुक रहेका थिए ।

 

“तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” को उद्घाटन केन्द्रिय बरिष्ठ उपाध्यक्ष रिता थापाले गरेकी थिईन् । “तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” मा उपत्यका समन्वय समिति A (निर आले मगर र डोलराज बारघरे) प्रथम, केन्द्रिय समिति A (कृष्ण रेउले र ईश्वरी पन्त) द्धितिय, उपत्यका समन्वय समिति B (रमेशबाबु थापा र साधुरामा रोका) र सुन्धारा समिती A (चेतन गोतामे र युवराज गुरुङ) तृतिय हुन सफल भएका थिए ।

 

“तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” को अवसरमा नयाँ बसपार्क समितिका संस्थापक संयोजक एबं वर्तमान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापालाई नयाँ बसपार्क समितिको प्रमुख संरक्षक र बसपार्क समितिका पुर्व अध्यक्ष एबं उपत्यका समन्वय समितिका सचिव रमेश बाबु थापालाई संरक्षकको रुपमा नियुक्त गरी प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

 

“तेस्रो संस्थागत ब्याडमिन्टन प्रतियोगिता – २०७९” लाई नेपाली रेडियो नेटवर्क मार्फत देशैभरका एफएम स्टेशनहरुबाट राजकुमार रायमाझीको साथमा प्रत्यक्ष प्रसारण गरिएको थियो । प्रत्यक्ष प्रसारणको लागी संयोजन प्रकाश बराईली अभिब्यक्तिले गरेका थिए । कार्यक्रमलाई प्रचार प्रसार गरी सहयोग गरेको भन्दै प्रकाश बराईली अभिब्यक्ति, राज कुमार रायमाझी, कबिराज ढकाल, सन्तोष पौडेललाई पनि सम्मान गरिएको थियो ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...