चाबहिल समितिको आयोजनामा “संस्थागत नौमती बाजा प्रशिक्षण कार्यक्रम – २०७९” सुरु, रमेश बिजी भन्छन् मेरो बिवाहमा नौमती बजाउन बोलाउछु

प्रकाश बराईली “अभिब्यक्ति”
काठमाडौं, नेपाल ।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय चाबहिल समितिको आयोजनामा “संस्थागत नौमती बाजा प्रशिक्षण कार्यक्रम – २०७९” सुरु भएको छ । यस कार्यक्रमको उद्घाटनमा चाबहिल समितिका अध्यक्ष राम कुमार नेपालीको अध्यक्षता रहेको थियो भने केन्द्रिय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यता रहेको रहेको थियो ।

 

कार्यक्रममा केन्द्रिय महिला सचिव राधिका हमाल, केन्द्रिय तृतिय उपाध्यक्ष दिपक खड्का, केन्द्रिय उपमहासचिव शंकर बिसी, केन्द्रिय सदस्य पिएन सापकोटा, उपत्यका समन्वय समितिका निवर्तमान अध्यक्ष सुजन लम्साल, उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा, नौ वटै समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । “संस्थागत नौमती बाजा प्रशिक्षण कार्यक्रम – २०७९” यही माघ २४ गते सम्म चल्ने कुरा आयोजक पक्षले जानकारी गराएको छ । यस कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रिय भवनमा भईरहेको कुरा अध्यक्ष रामकुमार नेपालीले जानकारी गराए ।

“संस्थागत नौमती बाजा प्रशिक्षण कार्यक्रम – २०७९” मा केन्द्रिय उपमहासचिव शंकर बिसी भन्छन् “यो बिल्कुलै नयाँ र पृथक कार्यक्रम हो । यस कार्यक्रमको आयोजना गर्ने चाबहिल समितीलाई धन्यबाद छ । हिजो मात्र अमेरिकाबाट नेपाल आएको थिए । यो कार्यक्रममा म पनी सरिक हुन पाउदा भाग्यमानी ठानेको छु । मौलिक बाजा र लोक संगीतको जर्गेना गर्नुपर्छ । यिनीहरुको संरक्षण गर्नु हामी सबैको दायित्व पनी हो । अब हाम्रो केन्द्रिय अध्यक्ष रमेश बिजी ज्युको हामी सबै मिलेर बिहे पनि गरिदिनुपर्छ । यो प्रशिक्षण कार्यक्रमबाट नौमती बाजा बजाउन सिकेकाहरुले रमेश बिजी ज्युको बिहेमा निशुल्क बाजा बजाईदिन पनि अनुरोध गर्दछु ।”

 

केन्द्रिय अध्यक्ष रमेश बिजी भन्छन् “चाबहिल समितिले पृथक कार्यक्रम आयोजना गरेकोमा आयोजक टिमलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । नौमती बाजाहरुको संरक्षण हामी सबै मिलेर गर्नुपर्छ । बिहे मात्रै नभई हरेक प्रकारको उद्घाटन र अन्य कार्यक्रममा नौमती बाजा बजाउने गरिन्छ । अहिलेको आधुनिकिकरणमा आएर पुराना र मौलिक बाजाहरुलाई बिर्सिए जस्तो लाग्छ । कि दमाईले बजाउने बाजा भएर होकी नौमती बाजालाई पनि दलित बनाईदिएको ? नौमती बाजालाई पनि दलित सोचेर हेला गरेको होकी भन्ने जस्तो लाग्यो । यसको संरक्षणमा मेरो पनि बिशेष पहल रहन्छ । बिभिन्न ९ वटा समितीका पदाधिकारीहरुले नौमती बाजा बजाउन जान्नु भयो भने रोजगारीको बाटो पनि खुल्यो र प्रतिष्ठानका बिभिन्न प्रकारका कार्यक्रम र बिवाह, ब्रतबन्धमा पनि सिफारिस गर्छु । साथै बिदेश कार्यक्रममा पनि सिफारिस गर्छु । अरुको बिवाहमा नौमती बाजा बजाउन पनि सिफारिस गर्छु । सुरुवात मेरै बिवाहबाट गर्छु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...