पछिल्लो समयका ब्यस्त ध्वनी सम्पादक मनोज परियार “राष्ट्रिय ब्यक्तित्व तथा कलाकार सर्जक सम्मान” द्धारा सम्मानित

काठमाडौं । पछिल्लो समयका ब्यस्त ध्वनी सम्पादक मनोज परियार लम्जुङ जिल्ला, भोटे ओडार ३, बल्थुङमा बुवा राम चन्द्र दमाई (परियार) र आमा जुना दमाई (परियार) को कोखबाट बि.सं. २०५१ फागुन ३ गते जन्मिएका हुन् । सानै देखी गीत संगीतमा रुची राख्ने अग्रज कलाकारहरुको गीत सुन्ने रमाउने गर्दथे । त्यसैलेपनी ठुलो भएपछि सांगीतिक क्षेत्रमा प्रबेश गर्ने उनको चाहना थियो ।

बिं.सं. २०७० साल देखी सांगीतिक क्षेत्रमा पाईला टेकेका मनोज परियार यसै क्षेत्रलाई निरन्तरता दिएका छन् । आगामी दिनमा पनि सांगीतिक क्षेत्रलाई निरन्तरता दिने सोच रहेको कुरा उनले बताए । परियारले हाल सम्म ७०० भन्दा बढी गीतमा ध्वनी सम्पादन गरिसकेका छन् । उनले ध्वनी सम्पादन गरेका गीतहरु मध्य जलजला, नयाँ गलबन्दी, तीज गीत स्यानी माया, तीज गीत पापाकी परी, भिर माहुरी भिरैमा, ईतिहास् बुझिदेउ, उडेको चरी लगायत अन्य गीतले सर्बाधिक चर्चा पाउन सफल भएका थिए । उनले केही दिन अघी सम्माननिय उपराष्ट्रपति नन्द किशोर पुन (पासाङ) को हातबाट “राष्ट्रिय ब्यक्तित्व तथा कलाकार सर्जक सम्मान” द्धारा सम्मानित भएका छन् । 

 

उनी भन्छन् “राष्ट्रिय ब्यक्तित्व तथा कलाकार सर्जक सम्मानद्धारा सम्मानित भएपछि प्रेरणा संगै चुनौती पनि थपिएको महसुस भएको छ । अझै केही गर्नुपर्ने जिम्मेवारी पनि थपिएको महसुस भएको छ । अग्रजहरुको साथ सपोर्टले गर्दा सांगीतिक क्षेत्रमा अगाडी बढ्न झनै हौसला मिलेको छ । साथै राग स्टुडियोका सञ्चालक एबं चर्चित एरेञ्जर आशिष अबिरल दाईको साथ सपोर्टले अहिले यो स्थानमा छु । उहाँ प्रती बिशेष आभारी छु ।”

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

सम्बन्धमा खटपट भएपछी पहिलो घरबार छोडेको कथामा, श्रीजन र संगमको “पहिलो घरबार” (भिडियो सहित)

वि.सं.२०८३ असार ३ बुधवार ०४:०१

काठमाडौं। कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै...

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

“९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३” को उपाधि निशान्त विक र संगीना थापा मगर प्रथम हुन सफल, अरु को को भए त बिजेताहरु ?

वि.सं.२०८३ असार १ सोमवार १३:३५

काठमाडौं। "९औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३" को उपाधि निशान्त...

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

गायक एबं संगीतकार सुरज श्रेष्ठको नयाँ गीत “माया प्यारो भो” सार्वजनिक

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:४५

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

“पाँचौ काव्य म्युजिक अवार्ड – २०८३” भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ जेठ २९ शुक्रवार १२:१७

काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना...

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

वि.सं.२०८३ जेठ २८ बिहीवार १३:१८

काठमाडौं । विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको...