७ करोड लगानीमा “टप दरबार रोधी क्लब” सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७ करोड रुपैयाँ लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा आएको छ। नेपाली मौलिक कला, संस्कृति, लोकसंगीत तथा रोधी परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको क्लबको भव्य उद्घाटन भदौ ५ देखि ७ गतेसम्म विशेष सांगीतिक कार्यक्रमसहित हुने भएको छ।

 

क्लबले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमार्फत ग्रान्ड ओपनिङका बारेमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा क्लबको उद्देश्य, लगानी, व्यवस्थापन, सेवा–सुविधा तथा उद्घाटनका अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमबारे जानकारी दिइएको थियो। ग्रान्ड ओपनिङका अवसरमा नेपाली मौलिक कला, संस्कृति र लोकदोहोरीको भव्य उत्सवसहित ‘दोहोरीको मेला’ जस्तै विशेष सांगीतिक माहोल सिर्जना गरिनेछ, जहाँ नेपाली सांगीतिक क्षेत्रका चर्चित तथा ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति क्लबले जनाएको छ।

 

उद्घाटन कार्यक्रममा अभिनेता पल शाह, अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा, प्रेमराजा महत, कृष्ण कँडेल, राजु परियार, शिला आले, बद्री पंगेनी, चन्द्र शर्मा, पशुपति शर्मा, प्रकाश सपुत, बसन्त थापा, विश्व दोङ, ज्योति मगर, दीपिका बयम्बु मगर, अर्जुन सापकोटा, प्रीति आले, एलिना चौहान, श्याम राना, शान्ति रानी परियारलगायतका २ दर्जन बढी कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। करिब २०० जना अट्ने क्षमता रहेको क्लबमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, स्तरीय सेवा तथा पारिवारिक वातावरणलाई विशेष प्राथमिकता दिइएको छ।

 

क्लबले १०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गरेको जनाएको छ। टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरी लामो समयदेखि दोहोरी तथा रोधी व्यवसायमा सक्रिय छन्। करिब २५ वर्षअघि सिन्धुपाल्चोकको मेलम्चीबाट सामान्य गाउँले युवाका रूपमा काठमाडौं प्रवेश गरेका गिरीले बाउन्सरदेखि दोहोरी साँझको व्यवस्थापन हुँदै आफ्नो व्यवसायिक यात्रा अघि बढाएका हुन्।

 

संघर्षका विभिन्न चरण पार गर्दै सानो लगानीबाट व्यवसायिक यात्रा सुरु गरेका गिरी अहिले करिब ७ करोड रुपैयाँ लगानीको रोधी क्लब सञ्चालन गर्ने अवस्थामा पुगेका छन्। निरन्तर मेहनत, लगनशीलता र व्यवसायप्रतिको प्रतिबद्धताले आफूलाई यो अवस्थामा पुर्याएको उनी बताउँछन्। गिरीले सञ्चालन गरेका विभिन्न रोधी तथा दोहोरी साँझबाट दर्जनौं कलाकारले आफ्नो सांगीतिक यात्रा अघि बढाउने अवसरसमेत पाएका छन्।

 

स्थापित कलाकारसँगै नयाँ प्रतिभालाई समेत अवसर दिँदै नेपाली लोकसंगीतको विकासमा योगदान पुर्याउने उद्देश्य क्लबले लिएको छ। रोधी तथा दोहोरी व्यवसायप्रति रहेको परम्परागत धारणालाई परिवर्तन गर्दै व्यवस्थित, मर्यादित र पारिवारिक वातावरण निर्माण गर्ने प्रयास गरिएको सञ्चालक गिरीले बताए। नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतलाई आधुनिक प्रविधि तथा व्यवस्थापनसँग जोडेर नयाँ पुस्तासम्म पुर्याउने क्लबको लक्ष्य रहेको उनको भनाइ छ।

 

पत्रकार सम्मेलन कार्यक्रममा टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष दीपक खड्काको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले टप दरबार रोधी क्लबको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली मौलिक कला, संस्कृति तथा लोकदोहोरीको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रबाट हुने यस्ता प्रयास सकारात्मक रहेको बताए।

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपाध्यक्ष दीपक खड्काले भदौ ५ देखि ७ सम्म हुने भव्य उद्घाटन कार्यक्रमबारे सम्पुर्ण जानकारी दिएका थिए । व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका सञ्चालक गिरीले कलाकार तथा सांगीतिक क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिमा सहयोग गर्दै आएका छन्। आगामी दिनमा पनि नेपाली कला, संस्कृति र कलाकारको हितमा सहकार्य तथा सहयोगलाई निरन्तरता दिने उनले बताए। भदौ ५ देखि ७ गतेसम्म हुने ग्रान्ड ओपनिङलाई नेपाली कला, संस्कृति, लोकसंगीत र मनोरञ्जनको विशेष उत्सवका रूपमा आयोजना गरिने टप दरबार रोधी क्लबले जनाएको छ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने

वि.सं.२०८३ भदौ १९ शुक्रवार ११:११

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले बाढीबाट...

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

गायिका सपना रोकाको नयाँ गीत “त्यो केटाले हेर्‍यो” चर्चामा

वि.सं.२०८३ भदौ १९ शुक्रवार १०:४०

काठमाडौं। प्रतियोगितात्मक दोहोरी गायिका तथा ‘इन्द्रेणी दोहोरी तारा’ सपना रोकाको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै रमेश बिक्रम रत्नको गीत “रसुवामा भेल” सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:३५

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

बाढी प्रभाबितहरु प्रती समबेदना प्रकट गर्दै सुजन बराईलीको “रसुवाको बाढी र पहिरो” नामक गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार ११:०९

काठमाडौं। भदौ १० गतेका दिन तिब्बतबाट रसुवा तर्फ आएको भोटेकोसीको...

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

चर्चित गायिका टीका पुनको स्वरमा “धनले के गर्‍यो” बोलको मर्मस्पर्शी तीज गीत सार्वजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:२०

काठमाडौं । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ...

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

राम प्रसाद पाठक र राधिका हमालको स्वरमा “अब त लाहुरे आउँछ भनेर” गीत सार्बजनिक

वि.सं.२०८३ भदौ १७ बुधवार १०:१४

काठमाडौ। गायक तथा पत्रकार रामप्रसाद पाठक र गायिका राधिका हमालको...