नेपाली मौलिक कला संस्कृतीलाई बिश्वसामु चिनाउने उदेश्यले बिश्व किर्तिमानी बन्दना नेपालले अमेरिकामा खोलिन् डान्स स्टुडियो

काठमाडौं । नृत्यमा विश्व कीर्तिमान राखेकी धनकुटाकी २० बर्षिया बन्दना नेपालले नेपाली मौलिक कला संस्कृतीलाई बिश्वसामु चिनाउने उदेश्यले नेपाली मौलिक नाच सिकाउन अमेरिकामा मारुनी डान्स स्टुडियो सुरु गरेकी छन् । लगातार १ सय २६ घन्टा लामो समयसम्म नृत्य गरेर विश्व कीर्तिमान राख्नेकी बन्दनाले अमेरीकामा रहेका हरेक नेपालीहरुलाई मौलिक नृत्य सिकाउन अमेरिकाको युलेस शहरमा “मारुनी डान्स स्टुडियो” सञ्चालनमा ल्याएकी हुन् ।

नेपालले भारत स्थित केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर बनाएको विश्व रेकर्ड १२६ घन्टा अर्थात् लगातार पाँच दिन नृत्य गरेकी तोडेकी थिइन् । उनले नृत्य बिधामा बिश्व रेकर्ड कायम गर्ने बेला पत्रकार प्रकाश बराईली अभिब्यक्तिले मिडिया संयोजन गरेका थिए भने सञ्चारकर्मी राज कुमार रायमाझी लगायत धेरै पत्रकारहरुले साथ सपोर्ट गरेका थिए ।

बेला बेला अमेरिकामा नेपाली कला संस्कृती झल्काउने कार्यक्रमहरु भईरहने गर्दछन् । तर अमेरिकामा नृत्य सिकाउने डान्स सेन्टर नभएको भन्दै उनले अमेरिकामा रहेका नेपालीलाई नेपाली मौलिक नृत्य सिकाउने उद्दश्यले युलेस सहरमा “मारुनी डान्स स्टुडियो” खोलेको उनले जानकारी गराईन् । यस डान्स सेन्टरमा आफु प्रशिक्षकको रुपमा रहने बताएकी छन् ।

सो डान्स स्टुडियोमा नेपाली संस्कृति झल्कने मारुनी, झ्याउरे, तामाङ सेलो, कौडा, देउडा, जुम्बा नृत्यका साथै नाच सम्बन्धी सैद्धान्तिक कक्षा समेत सञ्चालन हुने भएको छ । यहाँ स्टुडियोको समय तालिका अनुरुप नेपालीका साथ अन्य भााषीहरुले समेत नेपाली कलाको बारेमा अध्ययन गर्न सक्ने सञ्चालक बन्दना नेपालले बताएकी छन् ।

उनी ७ महिना अघि मात्र अध्ययनको शिलशिलामा अमेरिका पुगेको जनाएकी छन् । सानै उमेर देखि बहुप्रतिभाकी धनी रहेको नेपालको मुख्य रुची गीत संगीत, भ्रमणका साथै नृत्य क्षेत्रमा अगाडी बढ्ने सोच रहेको उनले बताईन् ।

World Wide Multimedia Center Pvt. Ltd. Long Ad

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

डिजिटल कन्टेन्ट मार्फत अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्दै हृदय शर्मा

वि.सं.२०८३ साउन १० आइतवार १२:३९

मेलबर्न (अष्ट्रेलिया) — अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका नेपाली मूलका...

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

तीज विशेष मौलिक गीत “नाच्ने आजै हो” लोकार्पण समारोह बिच सार्वजनिक

वि.सं.२०८३ साउन ९ शनिवार १४:३५

काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा...

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

“९ औँ राष्ट्रिय लोकदोहोरी अवार्ड – २०८३” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रम भब्य रुपमा सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार ०९:१८

काठमाडौं। “अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन” भन्ने मुल नारा सहित...

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ गीत “अस्ट्रेलिया सिड्नी” सार्वजनिक

वि.सं.२०८३ साउन २ शनिवार १३:३२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

राम कुमार कार्की र देबी घर्तीको स्वरमा मार्मिक गीत “डुब्नै लाग्या घामको” सार्वजनिक (भिडियो सहित)

वि.सं.२०८३ असार २७ शनिवार १२:०२

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

गायिका पार्वती बिश्वकर्माको आफ्नै जिवन कथामा आधारित गीत “तिम्रो याद” सार्वजनिक

वि.सं.२०८३ असार २७ शनिवार ०९:२३

काठमाडौं। नेपाली संगीत क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ...